Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

२५ करोडसम्मको शेयर धितो कर्जा कार्यान्वयन, बैंकदर ६ प्रतिशत

२५ करोडसम्मको शेयर धितो कर्जा कार्यान्वयन, बैंकदर ६ प्रतिशत
  • २ श्रावण २०८२, बिहीबार १४:०२

काठमाडौं– नेपाल राष्ट्र बैंकले आगामी साउन १ गतेदेखि लागू हुने व्यवस्था अनुसार, इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाबाट प्रवाह गरिने मार्जिन प्रकृतिको कर्जामा एकल ग्राहकले पाउन सक्ने अधिकतम सीमा २५ करोड रुपैयाँ तोकेको हो ।

mulpatra

चालु आर्थिक वर्षमा शेयर धितोमा राखेर अधिकतम २५ करोड रुपैयाँसम्म कर्जा लिन सकिने भएको छ। यसअघि यो सीमा १० करोड रुपैयाँ थियो, जुन पछिल्लो मौद्रिक नीतिबाट १५ करोड पुर्याइएको थियो। अब थप वृद्धि गर्दै २५ करोड रुपैयाँसम्म पु(याइएको हो ।

यो व्यवस्था केवल ‘मार्जिन प्रकृति’का सेयर धितो कर्जामा मात्र लागू हुनेछ। अन्य प्रयोजनमा लिइने सेयर धितो कर्जामा भने यस प्रकारको सीमा लागू नहुने राष्ट्र बैंकले स्पष्ट पारेको छ।

mulpatra mulpatra mulpatra

राष्ट्र बैंकले यो सीमा व्यक्तिगत ऋणीका हकमा मात्र लागू हुने जनाएको छ । संस्थागत ऋणीका हकमा भने यस्तो कर्जा सीमा लागु नहुने व्यवस्था कायम रहनेछ ।

राष्ट्र बैंकले मौद्रिक नीतिअनुसार बैंक दर तथा अन्य नीतिगत ब्याजदरहरूमा समेत परिवर्तन गरेको छ। अब बैंकदर ६.० प्रतिशत कायम गरिएको छ भने, स्थायी तरलता सुविधाको दर ६.० प्रतिशत, निक्षेप संकलन दर २.७५ प्रतिशत र रिपो दर ४.५ प्रतिशत कायम गरिएको छ।

गभर्नर डा.विश्वनाथ पौडेलले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२ ८३ को मौद्रिक नीतिमा सेयर बजारलाई प्रोत्साहन गर्ने नीति लिइएको छ । यसले पुँजी बजार विस्तारसँगै वित्तीय पहुँचमा पनि सहजता ल्याउने अपेक्षा गरिएको छ।

Image Source: © https://mulpatra.com