Close

Recent Posts

नेकपा एमालेको पोलिटव्युरो बैठक आज बस्दै, उमेर हद हटाउन अनुमोदन गर्ने

नेकपा एमालेको पोलिटव्युरो बैठक आज बस्दै, उमेर हद हटाउन अनुमोदन गर्ने
  • ३ श्रावण २०८२, शुक्रबार ०९:२४

काठमाडौं । हिजो मध्यरातमा सचिवालय बैठक सकेको नेकपा एमालेले आज दिउँसो १ बजे पोलिटव्यूरो बैठक राखेको छ । बैठकमा मुख्य विषय विधान संसोधन प्रस्तावमाथि छलफल हुने उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिएका छन् ।

mulpatra


हिजो बसेको सचिवालय बैठकले पदाधिकारी १९ बाट घटाएर १५ बनाउने, १९९ जनाको केन्द्रिय सदस्य र ८३ जनाको पोलिटव्युरो सदस्य रहने गरि सहमति गरेको थियो । त्यस्तै ७० बर्षे उमेरहद र दुई कार्यकाल मात्र रहने व्यवस्थालाई समेत हटाउन सहमति गरेको सचिव योगेश भट्राईले जानकारी दिए ।


आज बस्ने पोलिटव्युरो बैठकले आगामी राष्ट्रिय महाधिवेशनदेखि केन्द्रीय निकायका रूपमा तीनवटा कमिटी मात्र सक्रिय हुने गरी विधान महाधिवेशनमा प्रस्ताव गरिने, १५ सदस्यीय पदाधिकारीलाई नै स्थायी कमिटी मान्ने लगायतका सचिवालयले सहमति गरेका विषयलाई अनुमोदन गर्ने भएको छ ।