विधान महाधिवेशनमा भण्डारीलाई रोक्ने निर्णय गरेपछि शंकर पोखरेलको खुसीको स्टाटस

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेमा विधि निर्माणको अन्योल अन्त्य भएको प्रतिक्रिया दिएका छन् ।
गएराति एमाले सचिवालय बैठकले एमालेमा पदाधिकारीको संख्या १९ बाट १५ मा झार्ने र आगामी भदौमा हुने विधान महाधिवेशनमा पूर्वराष्ट्रपति विद्या भण्डारीलाई रोक लगाउने निर्णय गरेको सन्दर्भमा पोखरेलले यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो ।
शुक्रबार बिहान सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘विधि निर्माणको अन्योल अन्त्य भएको छ। मिसन–८४ का लागि बलियो नेतृत्व र एकतावद्ध पार्टी आवश्यक थियो। त्यो सुनिश्चित भएको छ ।’

एमाले सचिवालय बैठकले दसौँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिले मात्रै भदौमा हुने विधान महाधिवेशन सहभागी हुन पाउने निर्णय गरेको छ ।
एमाले सचिवालयको यो निर्णयले भण्डारीलाई एमालेको भदौ तेस्रो साता हुने विधान महाधिवेशनमा प्रतिनिधि बन्ने र आगामी महाधिवेशनमा भाग लिने बाटो बन्द भएको छ ।