Close

Recent Posts

नेपालमा बन्द भयो टेलिग्राम

नेपालमा बन्द भयो टेलिग्राम
  • ३ श्रावण २०८२, शुक्रबार १८:२८

काठमाडौं– नेपालमा टेलिग्राम एप बन्द भएको छ । टेलिग्राममार्फत अनलाइन ठगी भएको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा टेलिग्राम बन्द गराएको हो ।

mulpatra

प्राधिकरणले आज एक सूचना जारी गर्दै टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउने बन्द गर्ने व्यवस्थाका लागि सम्बन्धित सबै दूरसञ्चार सेवा प्रदायकहरुलाई निर्देशन दिएको छ ।

नेपालमा सञ्चालनमा रहेको टेलिग्राम एप मार्फत अनलाइन ठगीको स‌ंख्या बढिरहेको र मनी लाउण्डरिङ्ग जस्ता गम्भीर अपराधमा संलग्नता समेत रहेको प्राधिकरणले जनाएको छ ।