सिरहा कारागारमा कैदीबन्दीबीच झडप हुँदा १३ घाइते
जनकपुरधाम– सिरहा सदरमुकामस्थित कारागारमा कैदीबन्दीबीच आपसमा भएको झडपमा १३ जना घाइते भएका छन् ।

कारागार प्रशासनले ती सामान बाहिर निकाल्न भनेपनि बाहिर निकाल्ने÷ननिकाल्ने विषयमा उनीहरूबीच विवाद बढेपछि झडप भएको बताइन्छ ।
कारागारका नाइके दिपक ठाकुर, मूलनाइके बरुण महतो, चौकीदार विजय महतोसहितका कैदीहरु घाइते भएका हुन् । उनीहरुलाई प्रहरीले उपचारका लागि प्रादेशिक अस्पताल पु¥याएको छ । झडपपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । अहिले कारागारको अवस्था तनावग्रस्त छ ।
कारागारमा कैदीहरू अवैध गतिविधि गरिरहेको भन्दै स्थानीय प्रशासनले शनिबारमात्रै अनुगमन गरेको थियो । २ सयजनाको क्षमताको सिरहा जेलमा ४५८ कैदीबन्दी छन् ।
