Close

Recent Posts

ओलीले बालुवाटार बोलाएपनि विद्याले बालुवाटार आउँदिन च्यासलमा भेटौं भनिन

ओलीले बालुवाटार बोलाएपनि विद्याले बालुवाटार आउँदिन च्यासलमा भेटौं भनिन
  • ५ श्रावण २०८२, आईतवार १८:०१

काठमाडौं– प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता सुरु भएको छ ।

mulpatra

उनीहरूबीच एमाले मुख्यालय च्यासलमा एक्लाएक्लै भेटवार्ता भएको थियो । भण्डारीले गत १४ असारमा एमाले राजनीतिमा पुनः सक्रिय हुने घोषणा गरेयता एमालेभित्र पक्ष र विपक्षमा मतहरू देखिन थालेका छन् ।

यसैबीच, आइतबार ओली र भण्डारीबीच भेटवार्ता भएको हो । यसलाई पार्टी पंक्तिामा चासोको साथ हेरिएको छ ।

स्रोतका अनुसार, प्रधानमन्त्री ओलीले आइतबार बिहान सम्पर्क गरेर भण्डारीलाई बालुवाटार आउन आग्रह गरेका थिए । तर, ओलीको उक्त अनुरोध भण्डारीले अस्वीकार गरेको उनी निकट स्रोतले बतायो ।

‘उहाँ (ओली) ले बालुवाटारमै आउनुस् भनेर बोलाउनुभएको थियो,’ उक्त स्रोतले भन्यो, ‘तर, यो बैठक च्यासलमा गरौं, म बालुवाटार आउँदिन भनेर पूर्वराष्ट्रपतिले भन्नुभयो ।’

आगामी भदौमा विधान महाधिवेशनको तयारी गरिरहेको एमालेले पछिल्ला केही दिन लगातार पार्टी बैठक चलाइरहेको छ । सचिवालय, पोलिटब्युरो लगायतका बैठकमा औपचारिक रुपमा भण्डारीको राजनीतिक संलग्नताको इच्छाबारे छलफल थालिएको छ ।

भण्डारीले अनुरोध अस्वीकार गरेपछि ओली च्यासलमै भेट्न तयार भएका हुन् । सोही अनुसार, उनीहरूबीच अहिले भेटवार्ता भएको हो ।