Close

Recent Posts

साउनमा विषेश मनाइने बोलबम सुरु

साउनमा विषेश मनाइने बोलबम सुरु
  • ६ श्रावण २०८२, सोमबार १०:४४

काठमाडौं– साउन महिनामा हिन्दू धर्मावलम्बीले शिवको पूजाआराधना र महिमा गाउँदछन् । शिव मन्दिरनजिकैका कुण्ड र नदीमा गाईको दूध र बेलपत्र चढाउने चलन पनि छ ।

mulpatra

गेरुवस्त्र धारण गरी खाली खुट्टै गएर जलाशयबाट जल ल्याई शिव लिंगमा चढाउँछन् । नेपाल र भारतका शिवालयहरूमा साउन महिना ‘बोलबम’ भन्दै हिँडेका गेरुवस्त्रधारी भक्तजनहरू भेटिन्छन् ।

‘बोल’ भनेको ‘भन’ र ‘बम’ भनेको शिव ९बीचमन्त्र० हो । काठमाडौंमा सुन्दरीजलको जल पशुपतिनाथसम्म पैदल आएर चढाउने गरिन्छ । बोलबम मधेसी समुदायले बढी मान्ने गरेका भए पनि पछिल्लो समय अरु पनि सहभागी हुने क्रम बढेको छ । सोमबार सुन्दरीजलमा जल लिन आएका तिर्थालुहरु ।