५ सडक पूर्ण र अरु ५ सडक आंशिक अवरुद्ध (सूचीसहित)
काठमाडौं– बाढी र पहिरोको कारण आज पनि देशका विभिन्न सडक अवरुद्ध अवस्थामा छन्। अहिले ५ वटा सडक मार्ग पूर्णरूपमा अवरुद्ध अवस्थामा रहेका प्रहरीले जनाएको छ।

बाढीपहिरोले संखुवासभाको कोसी राजमार्ग, पाँचथरको मेची राजमार्ग, पाँचथरकै तमोर करिडोर सडक, रसुवाको पासाङ ल्यामु सडक र रुकुमपश्चिमको जाजरकोट–डोल्पा–भेरी करिडोर सडक पूर्णरुपमा अवरुद्ध छ।
त्यसैगरि काठमाडौँको काठमाडौँ–नुवाकोट सडक, बागलुङको कालीगण्डकी करिडोर सडक तथा नवलपरासी पूर्वको कालीगण्डकी करिडोर, रोल्पाको सहीद राजमार्ग एकफर्ती मात्रै खुलेका छन्।
![]() |
![]() |
![]() |
|---|
अवरुद्ध सडकको पहिरो हटाउनेसहितका मर्मतको काम जारी रहेको प्रहरीले जनाएको छ।
अवरुद्ध सडक




