Close

Recent Posts

५ सडक पूर्ण र अरु ५ सडक आंशिक अवरुद्ध (सूचीसहित)

५ सडक पूर्ण र अरु ५ सडक आंशिक अवरुद्ध (सूचीसहित)
  • ७ श्रावण २०८२, मंगलवार १०:५१

काठमाडौं– बाढी र पहिरोको कारण आज पनि देशका विभिन्न सडक अवरुद्ध अवस्थामा छन्। अहिले ५ वटा सडक मार्ग पूर्णरूपमा अवरुद्ध अवस्थामा रहेका प्रहरीले जनाएको छ।

mulpatra

बाढीपहिरोले संखुवासभाको कोसी राजमार्ग, पाँचथरको मेची राजमार्ग, पाँचथरकै तमोर करिडोर सडक, रसुवाको पासाङ ल्यामु सडक र रुकुमपश्चिमको जाजरकोट–डोल्पा–भेरी करिडोर सडक पूर्णरुपमा अवरुद्ध छ।

त्यसैगरि काठमाडौँको काठमाडौँ–नुवाकोट सडक, बागलुङको कालीगण्डकी करिडोर सडक तथा नवलपरासी पूर्वको कालीगण्डकी करिडोर, रोल्पाको सहीद राजमार्ग एकफर्ती मात्रै खुलेका छन्।

अवरुद्ध सडकको पहिरो हटाउनेसहितका मर्मतको काम जारी रहेको प्रहरीले जनाएको छ।

अवरुद्ध सडक