भँईमान्छेको आवाज बनेको प्रसालाई थुनाउन बिचौलिया व्यवसायीको दबाबमा महान्यायाधिवक्ता बडाल लागेको आरोप

काठमाडौं– राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको संयोजक प्रसाई हुन् । उनकै नेतृत्वमा यो महाअभियान काम गर्दै आएको छ । प्रसाईले महाअभियानमार्फत बिचौलिया व्यापारको सरकारसँग उठबस र अन्य विकृत्तिका बारेमा आवाज उठाएका थिए ।
प्रसाईको महाअभियानले बैंक तथा वित्तिय क्षेत्रको अराजक गतिविधिको पनि आवाज उठाउँदै आएका थिए । गत १५ चैतमा तीनकुनेमा भएको राजावादी आन्दोलनका प्रतिवादीमध्ये ७ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
गत महिना साढे १२ बजे काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले ७ जना प्रतिवादीलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो । प्रसाईलाई भने पुर्पक्षमा पठाउन केही व्यवसायीको ठुलै हात रहेको काठमाडौं जिल्ला अदालतकै कर्मचारीहरु बताउँछन् ।
अदालतका कर्मचारीले मात्र होइन अनुसन्धानमा खटिएका प्रहरीहरुmले समेत प्रसाईलाई थुनामा पठाउन व्यवसायी र केही मारवाडी व्यवसायीको हात रहेको छ । प्रसाईले विभिन्न व्यवसायिक र राजनीतिक सञ्जालको भ्रष्टाचार र अनियमितताको विषयमा आवाज उठाउँदै आएका कारण, केही असन्तुष्ट व्यापारी, बिचौलिया र सत्तासँग नजिक व्यापारी समूहले उनलाई जसरी हुन्छ थुनामा राख्नुपर्छ भनेर लागि परेको उनीनिकट नेताहरुकै आरोप छ ।
बैंकिङ क्षेत्रमा नजिक व्यापारीहरुसहित प्रसाईले बैंकिङ क्षेत्रमा अनियमितता र ऋण माफजस्ता विषयमा बोल्दै आएका छन्, जसले केही शक्तिशाली समूहलाई असहज बनाएको देखिन्छ । यही कारण उनको पछि लागेको प्रसाई अभियानका रमेश कटुवालको दाबी छ ।
उनको अनुसार प्रसाईको सार्वजनिक भाषणमा भ्रष्ट राजनीतिज्ञ र उनीहरुसँग मिल्ने व्यापारीहरूको आलोचना भएकाले उनीहरू नै प्रतिशोधमा उत्रिएर कारबाही गराउन सक्रिय छन् ।
मध्यराति काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले प्रसाईंसहित सातजनालाई पुर्पक्षमा पठाउने र ३२ जनालाई जमानतमा छाड्ने आदेश गरेको थियो । तर पछिल्लो समयमा प्रसाईलाई प्रधानमन्त्री केपी ओलीको निर्देशनमा महान्यायाधिवक्ता रमेश बडालले हात धोएर लागेको प्रसाईनिटक नेताहरुले आरोप लगाउन थालेका छन् ।
महाअभियानको सचिवालय प्रमुख रमेश कुमार कटुवालका अनुसार प्रसाईलाई जेल हाल्न केपी ओलीको निर्देशनमा महान्यायाधिवक्ता रमेश बडाल लागेको आरोप छ । उनका अनुसार महान्यायाधिवक्ता बडालले कानुनीलाई मिचेर अहिले प्रसाईलाई जेल हाल्न राजनीतिक सहयोग गरिरहेका छन् ।
तीनकुने घटनामा प्रसाईंबाट उच्छृखल अभिव्यक्ति आउने, भिडलाई उत्तेजित पार्ने, निषेधित क्षेत्र तोड्न लगाउने, आफैं सुरक्षाकर्मीलाई ज्यान मार्ने उद्देश्यले गाडीले पेल्ने प्रयास गरेको आरोप छ । तर उनले यस्तो गतिविधि गरेको प्रमाण प्रहरीसँग छैन ।
कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधमा मुद्दा दर्ता भएको थियो । तर प्रसाईविरुद्ध आपराधिक उपद्रव मुद्दामा मात्र पुर्पक्षमा पठाइएको छ । प्रसाईलाई पुर्पक्षमा पठाउन ठृुलै व्यापारिक गिरोह लागेको उनीनिकट व्यक्तिहरुले आरोप लगाएका छन् ।
प्रसाईले राजनीतिक आडमा देश, जनता र देशको अर्थतन्त्र लुट्ने व्यापारीविरुघ आवाज उठाउँदै आएका थिए । जसका कारण केही मारवाडी व्यवसायीको दुई वर्षयता ठग कम भएको थियो । त्यही भएर उनीहरुसहित केही बैंक सञ्चालक र व्यापारी तीनकुने घटनापछि प्रसाईलाई थुनाउन लागि परेका थिए ।
प्रसाई पक्राउ परेपछि नै केही व्यवसायी उनलाई थुनाउन सक्रिय भएको र त्यही अनुसार सरकारसँगै प्रहरीसँग लविङ समेत गरेको कतिपय सरकारी वकिल नै बताउँछन् ।
दुर्गा जीले जनताका आवाज बोलेको राजनीतिक दललाई मन परेको छैन । यसका आधारमा उनलाई सामान्य मुद्धामा जेल पठाउने खोजिएको कटुवालले आरोप लगाए । ‘प्रसाईलाई जेल हाल्न प्रधानमन्त्री केपी ओली लागेका छन् । यसमा महान्यायाधिवक्ता रमेश बडाल नै लागेका छन् । अहिले प्रसाईलाई हाले आफनो हलीमुली रहने उनीहरुको सोच छ ।’ उनले भने ।
हाजिरी जमानीमा छुटेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद धवलशमशेर राणालाई फेरि पक्राउ गरिने भएको छ । उनीहरुको बारेमा सरकार निरिह देखिएको छ । गत चैत १५ मा तीनकुनेमा भएको राजावादीको आन्दोलन हिंसात्मक बनाएको आरोपमा उनीहरू पक्राउ गरिएको थियो । उनीहरु धरौटीमा छुटेका छन् ।