Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

भँईमान्छेको आवाज बनेको प्रसालाई थुनाउन बिचौलिया व्यवसायीको दबाबमा महान्यायाधिवक्ता बडाल लागेको आरोप

भँईमान्छेको आवाज बनेको प्रसालाई थुनाउन बिचौलिया व्यवसायीको दबाबमा महान्यायाधिवक्ता बडाल लागेको आरोप
  • ७ श्रावण २०८२, मंगलवार १८:१५

काठमाडौं– राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको संयोजक प्रसाई हुन् । उनकै नेतृत्वमा यो महाअभियान काम गर्दै आएको छ । प्रसाईले महाअभियानमार्फत बिचौलिया व्यापारको सरकारसँग उठबस र अन्य विकृत्तिका बारेमा आवाज उठाएका थिए ।

mulpatra

प्रसाईको महाअभियानले बैंक तथा वित्तिय क्षेत्रको अराजक गतिविधिको पनि आवाज उठाउँदै आएका थिए । गत १५ चैतमा तीनकुनेमा भएको राजावादी आन्दोलनका प्रतिवादीमध्ये ७ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

गत महिना साढे १२ बजे काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले ७ जना प्रतिवादीलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो । प्रसाईलाई भने पुर्पक्षमा पठाउन केही व्यवसायीको ठुलै हात रहेको काठमाडौं जिल्ला अदालतकै कर्मचारीहरु बताउँछन् ।

mulpatra mulpatra mulpatra

अदालतका कर्मचारीले मात्र होइन अनुसन्धानमा खटिएका प्रहरीहरुmले समेत प्रसाईलाई थुनामा पठाउन व्यवसायी र केही मारवाडी व्यवसायीको हात रहेको छ । प्रसाईले विभिन्न व्यवसायिक र राजनीतिक सञ्जालको भ्रष्टाचार र अनियमितताको विषयमा आवाज उठाउँदै आएका कारण, केही असन्तुष्ट व्यापारी, बिचौलिया र सत्तासँग नजिक व्यापारी समूहले उनलाई जसरी हुन्छ थुनामा राख्नुपर्छ भनेर लागि परेको उनीनिकट नेताहरुकै आरोप छ ।

बैंकिङ क्षेत्रमा नजिक व्यापारीहरुसहित प्रसाईले बैंकिङ क्षेत्रमा अनियमितता र ऋण माफजस्ता विषयमा बोल्दै आएका छन्, जसले केही शक्तिशाली समूहलाई असहज बनाएको देखिन्छ । यही कारण उनको पछि लागेको प्रसाई अभियानका रमेश कटुवालको दाबी छ ।

उनको अनुसार प्रसाईको सार्वजनिक भाषणमा भ्रष्ट राजनीतिज्ञ र उनीहरुसँग मिल्ने व्यापारीहरूको आलोचना भएकाले उनीहरू नै प्रतिशोधमा उत्रिएर कारबाही गराउन सक्रिय छन् ।

Image Source: © https://mulpatra.com

मध्यराति काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले प्रसाईंसहित सातजनालाई पुर्पक्षमा पठाउने र ३२ जनालाई जमानतमा छाड्ने आदेश गरेको थियो । तर पछिल्लो समयमा प्रसाईलाई प्रधानमन्त्री केपी ओलीको निर्देशनमा महान्यायाधिवक्ता रमेश बडालले हात धोएर लागेको प्रसाईनिटक नेताहरुले आरोप लगाउन थालेका छन् ।

महाअभियानको सचिवालय प्रमुख रमेश कुमार कटुवालका अनुसार प्रसाईलाई जेल हाल्न केपी ओलीको निर्देशनमा महान्यायाधिवक्ता रमेश बडाल लागेको आरोप छ । उनका अनुसार महान्यायाधिवक्ता बडालले कानुनीलाई मिचेर अहिले प्रसाईलाई जेल हाल्न राजनीतिक सहयोग गरिरहेका छन् ।

तीनकुने घटनामा प्रसाईंबाट उच्छृखल अभिव्यक्ति आउने, भिडलाई उत्तेजित पार्ने, निषेधित क्षेत्र तोड्न लगाउने, आफैं सुरक्षाकर्मीलाई ज्यान मार्ने उद्देश्यले गाडीले पेल्ने प्रयास गरेको आरोप छ । तर उनले यस्तो गतिविधि गरेको प्रमाण प्रहरीसँग छैन ।

कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधमा मुद्दा दर्ता भएको थियो । तर प्रसाईविरुद्ध आपराधिक उपद्रव मुद्दामा मात्र पुर्पक्षमा पठाइएको छ । प्रसाईलाई पुर्पक्षमा पठाउन ठृुलै व्यापारिक गिरोह लागेको उनीनिकट व्यक्तिहरुले आरोप लगाएका छन् ।

प्रसाईले राजनीतिक आडमा देश, जनता र देशको अर्थतन्त्र लुट्ने व्यापारीविरुघ आवाज उठाउँदै आएका थिए । जसका कारण केही मारवाडी व्यवसायीको दुई वर्षयता ठग कम भएको थियो । त्यही भएर उनीहरुसहित केही बैंक सञ्चालक र व्यापारी तीनकुने घटनापछि प्रसाईलाई थुनाउन लागि परेका थिए ।

प्रसाई पक्राउ परेपछि नै केही व्यवसायी उनलाई थुनाउन सक्रिय भएको र त्यही अनुसार सरकारसँगै प्रहरीसँग लविङ समेत गरेको कतिपय सरकारी वकिल नै बताउँछन् ।

दुर्गा जीले जनताका आवाज बोलेको राजनीतिक दललाई मन परेको छैन । यसका आधारमा उनलाई सामान्य मुद्धामा जेल पठाउने खोजिएको कटुवालले आरोप लगाए । ‘प्रसाईलाई जेल हाल्न प्रधानमन्त्री केपी ओली लागेका छन् । यसमा महान्यायाधिवक्ता रमेश बडाल नै लागेका छन् । अहिले प्रसाईलाई हाले आफनो हलीमुली रहने उनीहरुको सोच छ ।’ उनले भने ।

हाजिरी जमानीमा छुटेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद धवलशमशेर राणालाई फेरि पक्राउ गरिने भएको छ । उनीहरुको बारेमा सरकार निरिह देखिएको छ । गत चैत १५ मा तीनकुनेमा भएको राजावादीको आन्दोलन हिंसात्मक बनाएको आरोपमा उनीहरू पक्राउ गरिएको थियो । उनीहरु धरौटीमा छुटेका छन् ।