यस्ता छन पुर्व राष्ट्रपति विद्या देवी भण्डारीलाई रोक्न नेकपा (एमाले) केन्द्रीय कमिटिले गरेको निर्णय (पूर्णपाठ)

यस्ता छन पुर्व राष्ट्रपति विद्या देवी भण्डारीलाई रोक्न नेकपा (एमाले) केन्द्रीय कमिटिले गरेको निर्णय (पूर्णपाठ)
  • ८ श्रावण २०८२, बुधबार ०८:४७

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठकले विभिन्न आठ वटा निर्णय गरेको छ । हिजो मध्यरातमा सकिएको बैठकले विधान संसोधन प्रस्ताव लगायतका विभिन्न महत्वपूर्ण निर्णय गरेको चार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।

mulpatra

बैठकले सत्ता सहकार्यलाई सुदृढ गर्दै सात बुँदे सहमति कार्यान्वयन गर्ने दृढता जनाएको छ । साउन सात गते पुष्पलाल स्मृति दिवस परेकाले उनको आदर्श पछ्याउँदै अघि बढ्ने संकल्प समेत गरेको छ ।

बैठकले विधान संशोधन गरी ७० वर्षे उमेरहद र दुई कार्यकाल हटाउने, केन्द्रीय कमिटीका पदाधिकारी संख्या १५ जना, पोलिटब्युरो केन्द्रीय कमिटीको एकतिहाइ हुने र केन्द्रीय कमिटी २ सय ५१ सदस्यीय हुने जस्ता कुरालाई विधान महाधिवेशन मार्फत पारित गर्ने निर्णय गरेको छ ।
पुर्व राष्ट्रपतिलाई राजनीतिमा आउन अंकुश लगाउँदै उच्च सम्मान व्यक्त गर्ने निर्णय समेत गरेको छ ।
निर्णयको पूर्ण पाठः