Close

Recent Posts

‘बा’ अगाडी वाक्य नफुटाउने दुईपुस्ते नेता, पद खोसिने डरले भण्डारीलाई उकास्ने नेतानै बैंठकमा चुइक्क बोलेनन्

‘बा’ अगाडी वाक्य नफुटाउने दुईपुस्ते नेता, पद खोसिने डरले भण्डारीलाई उकास्ने नेतानै बैंठकमा चुइक्क बोलेनन्
  • ८ श्रावण २०८२, बुधबार १२:१२

काठमाडौँ– एमालेको केन्द्रीय कमिटीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउन नहुने निर्णय गरेको छ । यो निर्णय गराउनमा सबैभन्दा ठृुलो हात भनेको एमाले अध्यक्ष र महासचिव रहेको एमालेकै नेताहरुले बताउन थालेका छन् ।

mulpatra

हिजो सम्पन्न केन्द्रीय कमिटि बैंठकमा भण्डारीलाई राजनीतिकमा आउन रोक्न स्यंम अध्यक्ष केपी ओली र महासचिव शंकर पोखरेल लागि परेका थिए । अन्तिममा उनीहरु सफल भए । केन्द्रीय कमिटि बैंठको सबैभन्दा ठुलो उपलब्धी भनेको एमालेले भण्डारीको सदस्यता नवीकरण गर्न नसकिने पनि निष्कर्ष निकाल्नु हो ।

यसपछि एमालेभित्र भण्डारीको पक्षमा बोल्ने नेताहरु आगामी दिनमा ओलीको निसानामा पर्ने उच्च सम्भावना छ । उनीहरु जिम्मेवारीबाट हटाइनुका साथ कारवाहीको दायरामा ल्याउन स्यंम ओली अस्ति नै आफुनिकट नेतासँग छलफल थालेको पाइएको छ ।

mulpatra mulpatra mulpatra

पार्टीका कमिटीहरू चुस्त, दुरुस्त र छरितो बनाउन केन्द्रीय कमिटीका पदाधिकारी सङ्ख्या १५ जना, पोलिटब्युरो केन्द्रीय कमिटीको एकतिहाइ हुने र केन्द्रीय कमिटी २ सय ५१ सदस्सीय हुने प्रस्ताव अघि बढाउने निर्णय पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठकमा सुनाउनुभएको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

यस निर्णयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेमा आउन नदिने निर्णयमा सुरेन्द्र पाण्डे, युवाराज ज्ञवाली र कर्ण थापाले असहमति व्यक्त गरेका छन् । तर अन्तिममा केन्द्रीय कमिटीले सर्वसम्मत निर्णय गरेपछि उहाँहरूले उठेर सहमति जनाएको गौतमले जानकारी दिए ।

भण्डारीका पक्षमा बोल्दै आएका एमालेकै वरिष्ठ उपाध्यक्ष इश्वोर पोखरेललाई आफना पद जोगाउन मुश्किल परेको पाइयो । उनले बैंठक समयभर भण्डारीको पक्षमा बोल्न आँट गरेनन् । त्यति मात्र होइन । वरिष्ट पद हटाउने भनेपछि पोखरेलको वाक्य नै बसेको भण्डारीनिकट एक नेताको आरोप छ ।

Image Source: © https://mulpatra.com

मंगलबार मध्यरात सकिएको केन्द्रीय कमिटी बैठकको यो निर्णयमा उपाध्यक्षद्वय युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे र स्थायी कमिटी सदस्य कर्ण थापाले फरक मत राखेका छन् । उनीहरुले यसलाई राजनीति गर्न पाउने नैसर्गिक अधिकारलाई रोक्न खोजेको र जनताको बहुदलीय जनवाद (जबज)को विरुद्ध पनि भएको भन्दै असहमति जनाएका हुन् ।

भण्डारीनिटक एक नेताका अनुसार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेको सक्रिय राजनीतिकमा फर्किन उकास्ने नेताहरु हिजो सम्पन्न बैंठकमा आफनो पद जोगाउन लागि परेको देखियो ।

उनीहरु बाहेक हिजो सम्पन्न बैंठकमा भण्डारीको पक्षको कोही नेताले बोल्न हिम्मत राखेनन् । अहिलेको केन्द्रीय कमितिका अघोषित ५्५–६० प्रतिशत सदस्य भण्डारीको पक्षमा छन् । तर उनीहरुले केन्द्रीय कमिति बैंठकमा एक शब्द बोल्न नसकेको उनको आरोप छ । एमाले पार्टी अध्यक्ष केपी ओलीका अगाडी दोस्रो पुस्ताका नेताकै वाक्य रोकियो । यस पटक त प्रष्ट देखियो । पद खोसिने डरले पुर्व राष्ट्रपति भण्डारीलाई उकास्ने नेतानै बैंठकमा चुइक्क बोलेनन् । योभन्दा बढी विडम्वाना के हुन्छ ।’ उनले भने ।

एमालेले संविधानका धारा–उपधाराहरु उल्लेख गर्दै पूर्वराष्ट्रपति राजनीतिमा आउन नमिल्ने तर्क गरे पनि विद्या निकट नेताहरु भने राजनीतिमा आउनबाट रोक्नु संवैधानिक अधिकारकैविरुद्ध भएको बताउँछन् । त्यसैले केही नेताहरु यसविरुद्ध कानुनी रुपमा समेत प्रतिवाद गर्नुपर्ने पक्षमा छन् ।

विद्यालाई रोक्ने निर्णय अध्यक्ष केपी शर्मा ओलीले सुनाउँदा उपाध्यक्ष युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे र स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले उठेर असहमति जनाएका थिए । उनीहरुको विरोधमा होहल्ला समेत भएको थियो ।

समापनअघि असहमत उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई ओलीले ५ मिनेट बोल्न दिएका थिए । अर्का उपाध्यक्ष ज्ञवालीलाई पनि बोल्न दिइयो । दुवैले विद्या भण्डारीलाई सदस्यताबाटै रोक्ने कुराले गलत सन्देश जाने र पार्टीलाई ठूलो क्षति हुने भन्दै थप छलफल गर्न अध्यक्षलाई नै सुझाव दिएका थिए ।

सोही क्रममा उपाध्यक्ष पाण्डेले शोभियतकालीन रुसी कम्युनिस्ट पार्टीका महासचिव निकिता ख्रुश्चेभको प्रसंग ल्याउन थालेपछि बैठकमा संस्थापन पक्षका केन्द्रीय सदस्यले होहल्ला गरेका थिए ।

विद्या भण्डारी पक्षधर भनेर चिनिएका अरु सदस्य भने चुपचाप लागेका थिए, किनकी यो हुन्छ भन्ने उनीहरूलाई थाहा थियो । उनीहरूलाई यो पनि थाहा थियो कि, विरोध गर्दा अध्यक्ष ओलीको निशानामा परिन्छ । योभन्दा अगाडी एमाले विभाजनका समयमा पनि १० भाइले खुटट कमाउदा एमालेमा ओलीको हावी बढ्दै गएको थियो ।

मंगलबार मध्यरातमा बैठक सकिँदा बैठकमा २ सय ६४ जना सदस्यहरूले भाग लिएको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । बैठकमा विधान संशोधनका विविध विषयमा छलफल भएको उनी बताउँछन् ।

बहुचर्चित पूर्वराष्ट्रपतिको पार्टी सदस्यता र पार्टी जीवनमा सक्रिय हुने विषयमा बैठकमा निक्कै लामो छलफल भएको उनले बताए । ‘राष्ट्रपति नेपाली सेनाको परमाधिपति भइसकेको राष्ट्राध्यक्ष जस्तो गरिमामय पदमा पुगेको व्यक्ति, राष्ट्रिय एकताको प्रतीक, संविधानको पालनकर्ता र संरक्षण गर्ने व्यक्तित्व, नेपाली सेनाको परमाधिपति, साझा व्यक्तित्व, राष्ट्रको गौरव, गणतन्त्रको प्रतीक, देशकै अभिभावक राजनीतिक दलको कार्यकर्ता वा नेता हुने कुरा हाम्रा स्थापित मान्यताले पनि राम्रो हुँदैन ।’ बैंठकमा यही विषयमा छलफल भइ निर्णय भएको गौतमले भने ।

उनका अनुसार पूर्वराष्ट्रपतिलाई सम्मानमा कुनै कमी हुन दिनुहुँदैन र हामीले उहाँलाई दिएको सम्मान कायम राख्नु पर्छ, उहाँ राष्ट्रिय व्यक्तित्व हो, राष्ट्रको गौरव हो, हाम्रो पनि गौरव हो, यस्तो परिप्रेक्षमा उहाँ राजनीतिमा आउनु हुँदैन, यो गलत नजिर र अभ्यास हुन्छ भन्ने निष्कर्ष केन्द्रीय कमिटीले निकालेको गौतमले जानकारी दिए ।

एमालेमा आफुलाई दोस्रो पुस्ताका नेताहरु ओलीका अगाडी बोल्न सक्दैनन् । पार्टीमा ओलीसँग फरक मत राखेका रावल अहिले पार्टी नै छाडे । रावल ओलीको चाहनाविपरीत महाधिवेशनमा पार्टी अध्यक्षको प्रतिस्पर्धामा उत्रिएका थिए ।

महासचिव शंकर पोखरेल ओली पक्ष हुन् । भने इश्वोर पोखरेल पछिल्लो समय खुलेर विद्याका पक्षमा बोले । उनको पद नै जोखिममा राखेपछि उनीपनि अरुजस्तै चुप भए । रघुुवीर महासेठ पनि ओलीविरुद्ध बोल्न सक्दैन । उनलाई पनि विद्या पक्षमा लागेको आरोपमा उपप्रधानमन्त्री र भौतिक मन्त्रालयबाट हटाइएको चर्चा छ । उता पुथ्वी सुब्वा गुरुङ विद्याको कोटाबाट मन्त्री बनेका हुन् । उनी पनि ओलीको अगाडी बोल्न सक्दैन । विगतमा प्रहरी प्रमुखको जिब्रो थुत्ने अभिव्यक्ति दिएका बेला ओलीले उनलाई सचेत गराएपछि डराउन थालेको एमालेभित्र चर्चा छ ।

अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण बिष्ट, भीम आचार्य, अमृत बोहोरा र रघुजी पन्त ‘दस भाइ’ अर्थात् ‘दस बुँदे’ नेता भनेर चिनिन्छ । उनीहरु पनि ओलीविरुद्ध आवाज उठाउन सक्दैनन् । भने पार्टीको राम्रो जिम्मेवारीमा पनि छैन ।