Close

Recent Posts

संवैधानिक परिषद् विधेयकमा राष्ट्रपतिले आफ्नो अधिकार प्रयोग गरेको कांग्रेसको निष्कर्ष

संवैधानिक परिषद् विधेयकमा राष्ट्रपतिले आफ्नो अधिकार प्रयोग गरेको कांग्रेसको निष्कर्ष
  • १० श्रावण २०८२, शुक्रबार १५:२२

राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक संसद्मै फिर्ता गरेको विषयमा कांग्रेस बैठकमा छलफल भएको छ ।

mulpatra

यस कांग्रेसले राष्ट्रपतिले आफनो अधिकार प्रयोग गरेको निष्कर्ष निकालेको छ । ‘संविधानको धारा ११३ को संवैधानिक अधिकारअनुसार नै जे गर्नुभयो, यसलाई ठीक गरेको भनेर लिनुपर्छ,’ छलफलमा देउवाले भने, ‘कांग्रेसले राष्ट्रपतिले विधेयक फिर्ता पठाएको विषयलाई सकारात्मक मानेको छ ।’

शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पदाधिकारी, केही शीर्ष नेता र मन्त्रीहरू सहभागी भएको छलफलमा यस विषयले प्रवेश पाएको हो। ।

mulpatra mulpatra mulpatra

राष्ट्रपतिले बिहीबार विधेयकमा गर्न खोजिएको संशोधन संविधानको मर्म र भावना तथा लोकतान्त्रिक मूल्य, मान्यता र विश्वव्यापी अभ्यासप्रतिकूल भएकाले संविधानको धारा ११३ को उपधारा (३) बमोजिम पुनर्विचारका लागि विधेयक उत्पत्ति भएको प्रतिनिधि सभामै फिर्ता गरिएको उल्लेख गरेका थिए ।

दुवै सदनबाट पारित भएको सो संशोधन विधेयक प्रमाणीकरणका लागि गएको असार ३१ गते राष्ट्रपति पौडेलसमक्ष पेस गरिएको थियो ।