Close

Recent Posts

प्रसाईको परिवारमाथि आक्रमण गरी व्यवसायी सिध्याउने महान्याधिवक्ता बडालकाे खेल, कानुनीभन्दा नेताको वफादार

प्रसाईको परिवारमाथि आक्रमण गरी व्यवसायी सिध्याउने  महान्याधिवक्ता बडालकाे खेल, कानुनीभन्दा नेताको वफादार
  • १० श्रावण २०८२, शुक्रबार १८:०५

काठमाडौं– प्रधानमन्त्री केपी ओलीको सिफारिसमा महान्यायाधिवक्ता नियुक्त भएको रमेश बडालले नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईको परिवारमाथि कानुनी आक्रमण गरेको पाइयो ।

mulpatra

बडालले प्रधानमन्त्रीको निर्देशनमा राजनीतिकमा सहभागि नभएका प्रसाईका परिवारमाथि कानुनी आक्रमण गरी व्यवसायमा समस्या पार्न खोजेको सरकारी वकिल कार्यालयका एक वकिलले मूलपत्रसँग बताएका छन् । बडालले नै प्रसाई थुनामा राख्न र उनको पेस सार्न उच्च अदालतमा दबाब दिइरहेको पाइएको छ ।

महान्यायाधिवक्ता रमेश बडालले व्यक्तिगत आक्रोश वा राजनीतिक दबाबमा राजनीतिक भाषा बोलिरहेका छन् । उनले कानुनी प्रक्रिया दुरुपयोग गर्दै प्रसाईको मात्र हैन, उनको परिवार र व्यवसाय समेत सिध्याउने रणनीतिमा अघि बढेको प्रष्ट देखिएको राप्रपाका एक नेताले मूलपत्रसँग बताए ।

कानुनी कारबाही प्रमाण, प्रक्रिया र संविधान अनुसार भइरहेको दाबी गर्दै आएको छ। तर, कानुन व्यवसायीहरू भने महान्यायाधिवक्ताजस्तो संवैधानिक पदमा बसेका व्यक्तिबाट यदि व्यक्तिगत वा प्रेरित निर्णय भएको हो भने त्यो गम्भीर प्रश्नको विषय भएको प्रसाईनिकटहरुको आरोप छ ।

यसअघि प्रसाईले सामाजिक सञ्जाल तथा सार्वजनिक भाषणमा राजनीतिक र आर्थिक भ्रष्टाचारविरुद्ध तीव्र टिप्पणी गर्दै आएका थिए । त्यसैको प्रतिक्रियामा सत्ता नजिकका समूह र व्यक्तिहरू आक्रोशित भएको र कानुनी संयन्त्रमार्फत प्रतिशोध लिन खोजिएको आरोप लाग्दै आएको छ ।

प्रसाई पक्षले विशेष आरोप लगाउँदै आएको छ कि हालका महान्यायाधिवक्ता रमेश बडालको सक्रिय संलग्नतामा सरकारी संयन्त्र प्रयोग गरी उनीमाथि योजनाबद्ध रूपमा आर्थिक, सामाजिक र कानुनी हमला भइरहेको छ ।

प्रसाईको परिवारका सदस्यमाथि अनावश्यक अनुसन्धान, व्यवसायमा कर तथा अनुमति जाँचको नाममा सरकारी हस्तक्षेप र मिडियामार्फत चरित्रहत्या गर्न खोजिएको उनी पक्षको आरोप छ ।

मध्यराति काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले प्रसाईंसहित सातजनालाई पुर्पक्षमा पठाउने र ३२ जनालाई जमानतमा छाड्ने आदेश गरेको थियो । तर पछिल्लो समयमा प्रसाईलाई प्रधानमन्त्री केपी ओलीको निर्देशनमा महान्यायाधिवक्ता रमेश बडालले हात धोएर लागेको प्रसाईनिटक नेताहरुले आरोप लगाउन थालेका छन् ।

महाअभियानको सचिवालय प्रमुख रमेश कुमार कटुवालका अनुसार प्रसाईलाई जेल हाल्न केपी ओलीको निर्देशनमा महान्यायाधिवक्ता रमेश बडाल लागेको आरोप छ । उनका अनुसार महान्यायाधिवक्ता बडालले कानुनीलाई मिचेर अहिले प्रसाईलाई जेल हाल्न राजनीतिक सहयोग गरिरहेका छन् ।

तीनकुने घटनामा प्रसाईंबाट उच्छृखल अभिव्यक्ति आउने, भिडलाई उत्तेजित पार्ने, निषेधित क्षेत्र तोड्न लगाउने, आफैं सुरक्षाकर्मीलाई ज्यान मार्ने उद्देश्यले गाडीले पेल्ने प्रयास गरेको आरोप छ । तर उनले यस्तो गतिविधि गरेको प्रमाण प्रहरीसँग छैन ।
कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधमा मुद्दा दर्ता भएको थियो । तर प्रसाईविरुद्ध आपराधिक उपद्रव मुद्दामा मात्र पुर्पक्षमा पठाइएको छ । प्रसाईलाई पुर्पक्षमा पठाउन ठृुलै व्यापारिक गिरोह लागेको उनीनिकट व्यक्तिहरुले आरोप लगाएका छन् ।