Close

Recent Posts

३५ वर्ष भइसकेको मेरो सदस्य कसैले मन लाग्दा फ्याल्न मिल्दैनः भण्डारीको प्रष्टोक्ति

३५ वर्ष भइसकेको मेरो सदस्य कसैले मन लाग्दा फ्याल्न मिल्दैनः भण्डारीको प्रष्टोक्ति
  • १० श्रावण २०८२, शुक्रबार १६:१२

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेले आफ्नो पार्टी सदस्यता खारेज गर्न नमिल्ने बताएकी छन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले दलमा आबद्ध हुने संवैधानिक अधिकार भएको उल्लेख गर्दै एमालेले सदस्यता खारेज गर्न नमिल्ने बताएकी हुन् ।

mulpatra

एमालेको पार्टी सदस्य भएर काम गरेको ३५ वर्ष भइसकेको भण्डारीले बताइन् । राष्ट्रपति भएको समयसमेत जोड्दा ४५ वर्ष भइसकेको उल्लेख गर्दै भण्डारीले एमालेलाई थप बलियो बनाउन सक्रिय हुने दाबी गरेकी छिन् ।

उनले पार्टी राजनीतिमा फर्किने आफ्नो निर्णयबाट विचलित नहुने पनि बताइन् । उनले भनिन्, ‘म राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गरिसकेको छु । पदको लालसा छैन ।’

mulpatra mulpatra mulpatra

पार्टी सदस्यबाट आफूलाई वञ्चित गर्ने निर्णय अवैध भन्दै उनले आवेग र उत्तेजनाको निर्णयले पार्टीको साख गिराउने बताइन् । भण्डारीले पार्टी सदस्यबाट वञ्चित गर्ने एमालेको निर्णयको वैधतामाथि प्रश्न उठाएकी छन् ।

उनले संविधानको मर्म भावना कहीँ कतैबाट पनि दलमा आफू दलमा आबद्ध भएर राजनीति गर्न नपाउने अवस्था नरहेको बताइन् । उनले भनिन्, ‘यो घाम जत्तिकै छर्लङ भएको विषय हो। जबजले संवैधानिक सर्वोच्चता विधिको शासनलाई गहिरोसँग आत्मसाथ गरेको छ। मलाई सदस्यताबाट वञ्चित गराउनुपर्ने कुनै कारण छैन ।’