Close

Recent Posts

बालेनको निर्देशन भन्दै म्यानपावरमाथि विभागकै कर्मचारीको आतंक, व्यवसायी त्रासले कार्यालय बस्न छाडे

बालेनको निर्देशन भन्दै म्यानपावरमाथि विभागकै कर्मचारीको आतंक, व्यवसायी त्रासले कार्यालय बस्न छाडे

अन्नभण्डारमै खेडेरीः कतै वर्षाले विपद् र कतै सुक्खा, सरकार रमिते

अन्नभण्डारमै खेडेरीः कतै वर्षाले विपद् र कतै सुक्खा, सरकार रमिते
  • १२ श्रावण २०८२, आईतवार १८:१५

काठमाडौं– मधेस नेपालकै अन्नभण्डार हो । यहाँको मुख्य बाली धान हो । धानले मुलुककै अर्थतन्त्रमा ठुलो टेवा पु¥याउँदै आइरहेको छ । तर अहिलेको अवस्थाले उत्पादनमा भारी गिरावट आउने संकेत गरिरहेको छ । यसले खाद्य संकट निम्त्याउने खतरासमेत बढाएको छ ।

mulpatra

मधेस प्रदेशमा कतै वर्षाले विपद् निम्त्याएको छ त कतै सुक्खा छ । रोपाइँसमेत प्रभावित भएका छन् । साउन महिना लागिसक्दा पनि वर्षा नहुँदा खेत सुक्खा छन् ।पानीको आशमा आकाशतर्फ हेरिरहेका किसान अब सरकार र प्रकृति दुवैसँग गुनासो गर्दै छन् ।

मधेस प्रदेशका धनुषा, सिरहा, सर्लाही महोत्तरीलगायत जिल्लामा पानीको स्रोत सुकेपछि किसान संकटमा छन् । न त सिँचाइको सुविधा पुगेको छ न वैकल्पिक उपाय अपनाइएका छन् । रोपाइँ त परै जाओस् खानेपानीको समेत मधेसमा हाहाकार सरु भएको छ ।

mulpatra mulpatra mulpatra

मधेस प्रदेश सरकारले मधेसलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिसकेको छ । समयमै राहत नपाए यो समस्या सम्पूर्ण देशको बन्नेछ । खडेरीसँगै मधेसमा चर्किएको खानेपानीको अभाव टार्न मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहकै पहलमा वारुणयन्त्र परिचालन गरिएको छ ।

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले खानेपानीको समेत अभाव भएको अवस्थामा कृषिमा यसले ठुलो क्षति हुने बताए । आजसम्म ४७ प्रतिशत रोपाइँ मात्र भएको उनको भनाइ छ । विगतका वर्षहरुमा ७५ प्रतिशत रोपाइँ सकिसकेको हुन्थ्यो । बोरिङ गरेर पनि समस्या समाधान हुनसक्ने स्थिति नरहेको उनले बताए ।

मुहान सुक्दा बारा र पर्सामा खानेपानीको चरम अभाव छ । अन्य जिल्लामा पनि चापाकल सुक्दा खानेपानीका लागि स्थानीय बासिन्दा सास्ती भोग्न बाध्य छन् । यही समस्या मध्यनजर गर्दै मधेस सरकारले प्रदेशका विभिन्न स्थानीय तहलाई १६ वटा वारुण यन्त्रसमेत हस्तान्तरण गरेको छ ।

Image Source: © https://mulpatra.com

मुख्यमन्त्री सिंहले सुक्खा र खानेपानी संकटका कारण प्रभावित प्रदेशका नागरिकको समस्या समाधानमा प्रदेश सरकार नागरिकका साथमा रहेको बताए । उनले मधेसमा देखिएको खानेपानीको समस्या टार्न संघीय खानेपानीमन्त्री प्रदीप यादवसँग छलफल गरेका थिए । मधेसमा सतहमुनिको पानी दिनदिनै झर्दै गइरहेको छ । यसले भूमिगत सिँचाइ प्रणालीसमेत प्रभावित भइरहेको मुख्यमन्त्री सिंहले बताए ।

उता किसानलाई खडेरीको चिन्ताले दैनिक पिरोल्छ । गत वर्ष असारको अन्त्यसम्म ६१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको थियो । यस वर्ष मनसुनमा समेत पानी नपर्दा ४७ प्रतिशत मात्र रोपाइँ भएको छ ।
मधेस प्रदेशमा पानीको हाहाकार छ । । खेतमा पानी छैन । मोटर चलाउने राम्रो व्यवस्था छैन । धान राप्न नपाउँदै मधेसका किसान चिन्तित भएर सरकार गुहार्देछन् ।

नेपालभर रोपाइँ प्रगतिमा मधेश प्रदेश सबैभन्दा पछि परेको छ। कृषि विकास निर्देशनालयका अनुसार मधेश प्रदेशमा कूल ३ लाख ७६ हजार ३ सय २७ हेक्टर धान रोपाइँ योग्य जमिनमध्ये असार २२ सम्म जम्मा ५१ हजार २ सय ५० हेक्टर (१३.६ प्रतिशत) मा मात्र रोपाइँ भएको छ। यो अवस्था विगत वर्षहरूसँग तुलना गर्दा अत्यन्तै न्यून हो।

अधिकांश किसानहरूसँग निजी सिँचाइको व्यवस्था नभएको, विद्युत् महँगो भएको र डिप ट्यूबवेल, मोटरपम्पजस्ता वैकल्पिक साधनमा पहुँच सीमित भएकोले पनि उनीहरू थप समस्यामा परेका छन् ।

मौसम पूर्वानुमानअनुसार मधेश प्रदेशमा आगामी केही दिन उल्लेखनीय वर्षा हुने सम्भावना छैन। यस्तो अवस्थामा धान रोपाइँ सिजन नै छुट्न सक्ने तथा अन्य बालीहरू समेत सङ्कटमा पर्ने जोखिम देखिएको छ ।