Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

१२ औं महाधिवेशन भ्रामक रूपमा कार्यक्रम प्रस्तुत गरिएको एनआरएनए थाइल्याण्डको ठम्याइ

१२ औं महाधिवेशन भ्रामक रूपमा कार्यक्रम प्रस्तुत गरिएको एनआरएनए थाइल्याण्डको ठम्याइ
  • १२ श्रावण २०८२, आईतवार १२:५४

थाइल्याण्ड– गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्याण्डले आउँदो जुलाई २८ तारिखमा आयोजित गर्ने भनिएको १२ औं महाधिवेशन भ्रामक कार्यक्रम भन्दै टिप्पणी गरेको छ ।

mulpatra

‘हालसम्म एनआरएनए थाइल्याण्डको वैधानिक तथा सबैलाई मान्य महाधिवेशन ११ औं महाधिवेशन नै हो जुन हामीले नियमानुसार र आइसिसी (क्ष्ऋऋ) को निर्देशनअनुसार तयारी गरिरहेका छौं ।’ गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्याण्डले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ,

‘हामीले संस्थागत एकता र सहकार्यको भावना राख्दै भर्चुअल, भौतिक (फिजिकल), वार्तालाप जस्ता सबै माध्यमबाट संवाद र सहकार्यको प्रयास गर्यौं । तर, विडम्बनापूर्वक केही व्यक्तिहरूले आफूलाई “संस्थापक” भनी दाबी गर्दै एकलौटी रूपमा अधिवेशन गर्न अडान राख्नुभयो, जुन दुःखद छ ।’

mulpatra mulpatra mulpatra

बैंककस्थित नेपाली राजदूतावाससँगको समन्वयको प्रयास पनि असफल रहेको र त्यही कारणले आज यो अवस्थाको सिर्जना भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । यो सँगै एनआरएनए थाइल्याण्ड संवाद र सहकार्यका लागि तयार भएको बताउँदै आइसिसी (क्ष्ऋऋ) ले अधिवेशन गर्न आफूलाई मान्यता दिईसकेको बताएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्याण्डले कुनैपनि एकलौटी निर्णय वा भ्रमपूर्ण कार्यक्रम आफूलाई स्वीकार्य नभएको बताएको छ । ‘हामी थाइल्याण्डमा बसोबास गर्ने सम्पूर्ण नेपाली गोर्खाली समुदायलाई आग्रह गर्दछौं कि सत्य सूचना र वैधानिक प्रक्रियाको आधारमा निर्णय गर्नुहोस् र संस्थाको एकता र गरिमालाई जोगाउन हामी सबैले सहकार्य गरौं ।’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।