Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

वीरगञ्जमा काकाकुल भएपछि सेनाले दमकलमार्फत पानी वितरण

वीरगञ्जमा काकाकुल भएपछि सेनाले दमकलमार्फत पानी वितरण
  • १२ श्रावण २०८२, आईतवार १७:२५

काठमाडौं– मधेश प्रदेश अहिले सुख्खा र खडेरीका चपेटामा परेको छ । लामो समयदेखि पानी नपरेपछि अहिलेसम्म खेती हुन सकेको छैन भने कतिपय स्थानमा खानेपानीको चरम अभाव सृजना भएको छ ।

mulpatra

अहिले वीरगञ्ज महानगरपालिकाको ३२ वटै वडाहरूमा खानेपानीको संकट छ । पालिकाको १९ नम्बर वडा बिन्ध्यबासिनी टोल, २४ वडाको राम गडुवा टोल खानेपानीको अभाव देखिएको हो । सो क्षेत्रमा खानेपानीको अभाव देखिएसँगै नेपाली सेना, स्थानीय सरकार तथा खानेपानी संस्थानले पानी वितरण गरिरहेको छ ।

हाल नेपाली सेनाको मध्यपूर्वी पृतना हेडक्वाटरको २८ बाहिनीअन्तर्गत श्रीजंग गणले दैनिक ३ चरणमा ( बिहान ७ बजे, दिनको २ बजे र साझ ६ बजे) ६ वटा दमकलको सहायताले दैनिक ९० हजार लिटर पानी वितरण गरिरहेको गणपति प्रमुख सेनानी लोकेन्द्र कार्कीले बताए ।

mulpatra mulpatra mulpatra

‘सेनाले दिनको ३ पटक पानी वितरण गरिरहेका छन् । अहिले खाना पकाउन, पानी पिउन यही पानी हो । गाउँको सबै चापाकल, इनार, कुवा सुकी सक्यो, वर्षात पनि भएको छैन यहाँ त धेरै समस्या छ उनले सुनाए’, स्थानीय मोटर मियाँले बताए ।

स्थानीय सुरज कुमार यादवले कुनै पनि स्थानीय सरकार र दलले सहयोग नगरेको गुनासो गरे । सेनाले मात्र पानी दिएको उनको भनाइ छ ।