Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

दिल्लीबाट फर्काइएका ४७ मध्ये ११ ले दिए नक्कली कागजात बनाउने गिरोहविरुद्ध जाहेरी

दिल्लीबाट फर्काइएका ४७ मध्ये ११ ले दिए नक्कली कागजात बनाउने गिरोहविरुद्ध जाहेरी
  • १३ श्रावण २०८२, सोमबार १०:२१

काठमाडौं– नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट नक्कली एसओसी र पुलिस रिपोर्ट बनाएर यात्रा गर्ने क्रममा रोकिएका ४७ मध्ये ११ जनाले नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान व्युरोमा जाहेरी दिएका छन् । भारतको बाटो हुँदै मानव तस्करी गर्ने गिरोहविरुद्ध मुद्दा दायर भएको छ ।

mulpatra

उनीहरू साउदी एयरको उडानबाट गत जुलाई २२ (साउन ६ गते) इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा रोकिएका थिए । अध्यागमनले भारतस्थित नेपाली दूतावासलाई जिम्मा लगाएको थियोे । उनीहरू माइती नेपालको सहयोगमा स्वदेश फर्काइएका थिए ।

फर्किएका ४७ मध्ये अन्यले नक्कली कागजात बनाउने गिरोहबारे केही भन्न चाहेनन् । तर, ११ जनाले उनीहरूको नाम, हुलिया र सम्भावित सम्पर्कस्थल खुलाएर दिएको सूचनाका आधारमा प्रहरीले आइतबार जाहेरी दर्ता गरेको हो ।
नेपालीलाई अवैध तवरले वैदेशिक रोजगारीमा पठाउने गिरोहले भारतका विभिन्न स्थनमा नक्कली कागजात तयार पार्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

mulpatra mulpatra mulpatra

मानव बेचबिखन अनुसन्धान व्युरोका प्रमुख एसएसपी कृष्णप्रसाद पंगेनीले अनुसन्धान जारी रहेको बताए । प्राप्त सूचनाका आधारमा नक्कली कागजात बनाउने व्यक्ति पहिचानको प्रक्रियामै रहेको उनले बताए । आरोपितका अन्य विवरण खुलाउन नमिल्ने उनले बताए ।

नेपाली राहदानीवाहक यात्रुले भारतको कुनै पनि विमानस्थलबाट वैदेशिक यात्रा गर्नुपरे नयाँ दिल्लीमा रहेको नेपाली दूतावासबाट एनओसी (यात्रा अनुमति) जारी हुनुपर्ने प्रावधान छ । तर, ४७ जनालाई गिरोहले नक्कली एनओसी बनाएर यात्रा गराउन लागेको थियोे ।