Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

प्राधिकरणले वाइफाइ हटस्पट सेवामा प्रतिबन्द लग्यो

प्राधिकरणले वाइफाइ हटस्पट सेवामा प्रतिबन्द लग्यो
  • १३ श्रावण २०८२, सोमबार ११:२५

काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरणले आइतबार सूचना प्रकाशित गर्दै इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनीलाई वाइफाइ हटस्पट सेवा सञ्चालनको अनुमति नभएको स्पष्ट पारेको हो ।

mulpatra

दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुले आम्दानी घटेको भन्दै यस्तो सेवामा प्रतिबन्ध लगाउन प्राधिकरणसँग माग गर्दै आएका थिए । वल्र्डलिंकले आफ्ना ग्राहकलाई घरबाहिर पनि वाइफाइ हटस्पटमार्फत निःशुल्क इन्टरनेट सेवा दिँदै आएको छ । यसका कारण नेपाल टेलिकम र एनसेलको डेटा खपत कम भएको भन्दै यो सेवामा रोक लगाउन दुवै कम्पनीले आग्रह गर्दै आएका थिए ।

प्राधिकरणका अनुसार आधारभूत दूरसञ्चार सेवा, मोबाइल टेलिफोन सेवा र आधारभूत टेलिफोन सेवा गरी तीन प्रकारका सेवा लिएका कम्पनीले मात्र वाइफाइ हटस्पट सेवा सञ्चालनको अनुमति प्राप्त गरेका छन् ।

mulpatra mulpatra mulpatra

प्राधिकरणको यस्तो निर्देशनसँगै हाल काठमाडौं उपत्यकासहित मुलुकका मुख्य सार्वजनिक स्थलसहित होटल तथा रेष्टुराँहरुमा वाइफाइ हटस्पट सञ्चालन गर्दै आएको वल्र्डलिंकको सेवा बन्द हुनेछ ।

अहिले यो कम्पनी बन्द अवस्थामा छ । हाल वाइफाइ हटस्पट सेवा प्रदान गरिरहेको वल्र्डलिंकसँग भने उल्लेखित तीनवटै अनुमति नभएका कारण उसले हाल प्रदान गरिरहेको सेवा रोकिने भएको हो । हाल वल्र्डलिंकसँग इन्टरनेट र नेटवर्क सेवा प्रदायकको अनुमतिमात्र रहेको छ ।

आधारभूत दूरसञ्चार सेवाको अनुमति नेपाल टेलिकमसँग मात्र छ भने मोबाइल टेलिफोन सेवाको अनुमति नेपाल टेलिकम र एनसेल दुवैसँग रहेको छ । यस्तै, आधारभूत टेलिफोन सेवाको अनुमति भने युनाइटेड टेलिकम (यूटीएल) ले मात्र प्राप्त गरेको छ ।

Image Source: © https://mulpatra.com

दूरसञ्चार सेवामा पहुँच विस्तार गरी सेवालाई सर्वसुलभ बनाउन आधारभूत दूरसञ्चार सेवाको अनुमतिपत्र प्राप्त सेवा प्रदायकहरुले मात्र वाइफाइको माध्यमबाट समेत सिमलेस कनेक्टिभिटी, रोमिङ र मोबिलिटी सेवा प्रदान गर्न सकिने कानुन कार्यान्वयनका लागि सरोकारवालालाई सूचित गरिएको प्राधिकरणले जनाएको छ ।