Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

पाँच घण्टादेखि एनटीसीको इन्टरनेट ठप्प, सामाजिक सञ्जालमा गुनासोका चाङ्ग

पाँच घण्टादेखि एनटीसीको इन्टरनेट ठप्प, सामाजिक सञ्जालमा गुनासोका चाङ्ग
  • १३ श्रावण २०८२, सोमबार १८:१७

काठमाडौँ– दूरसञ्चार कम्पनीहरुको अस्तित्व जोगाउन अब नेपालमा मोबाइल डाटा (इन्टरनेट)को उपयोग बढाउनु जरुरी भएको भनेर आवाज उठाउँदै गरेको बेला प्रमुख दूरसञ्चार कम्पनीको डाटा सेवामा गम्भीर समस्या देखा परेको छ ।

mulpatra

नेपाल टेलिकम (एनटीसी)को मोबाइल डेटा सोमबार दिउँसोदेखि ठप्प भएको छ । दिउँसो १ः४५ बजेदेखि टेलिकमको नेटवर्कमा डाटा चल्न छोडेको हो ।

महँगो शुल्क लिएर डाटा प्याक किनेका ग्राहकहरुले सामाजिक सञ्जालमा यससम्बन्धी गुनासा पोखेका छन् । तर डाटा सेवा अवरुद्ध भएको पाँच घण्टा बित्दा पनि यो समस्या सुल्झिएको छैन ।

mulpatra mulpatra mulpatra

टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरले मुख्य प्रणाली (कोर सिस्टम)मा प्राविधिक समस्या देखिएपछि मोबाइल डेटा चल्न छोडेको बताएका छन् ।

उनले टेलिकमका प्राविधिकहरू समस्या समाधान गर्न खटिएको भने पनि लामो समयसम्म नतिजा हासिल हुन नसकेको देखिएको छ । कसरी यस्तो अवस्था आयो भन्ने विषयमा पनि टेलिकम अहिलेसम्म निरुत्तर देखिन्छ ।

देशैभरका टेलिकमका सीम धारकहरु एकसाथ मोबाइल डाटाको पहूँचबाट बाहिरिएका छन् । यो समस्या कतिसम्म तन्किन्छ भन्ने बारेमा कुनै यकिन नभएको कम्पनीका उच्च व्यवस्थापकहरुले बताएका छन् ।

Image Source: © https://mulpatra.com

यस विषयमा कम्पनीले एक सूचना जारी गर्दै फोरजी तथा भीओएलटीई (भोल्टे) सेवामा समस्या उत्पन्न भए पनि टुजी र थ्रिजी सेवा भने नियमित रूपमा सञ्चालनमा रहेको भनेको छ ।

यसअघि पनि एनटीसीको नेटवर्कमा समस्या उत्पन्न हुँदै आएको छ । करीब दुई महिना अघि टेलिकमको नेटवर्कमा समस्या आउँदा फोन, डाटा र एसएमएससमेत सबै सेवा अवरुद्ध भएको थियो ।