Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

प्राधिकरणका कार्यकारी निर्देशक शाक्य अनुगमनमा पुग्दा चनौली केन्द्रका प्रमुख सम्र्पकविहिन

प्राधिकरणका कार्यकारी निर्देशक शाक्य अनुगमनमा पुग्दा चनौली केन्द्रका प्रमुख सम्र्पकविहिन
  • १४ श्रावण २०८२, मंगलवार १०:५९

काठमाडौं– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य अनुगमनमा पुग्दा चनौली वितरण केन्द्रका प्रमुख राजकुमार श्रेष्ठ अनुपस्थित भएका छन् ।

mulpatra

सोमबार बिहान १० बजेतिर भरतपुर सबस्टेसन अनुगमनपछि शाक्य सवा ११ बजेतिर चनौली पुगेका थिए । चितवनमा विद्युत आपूर्तिमा समस्या आएपछि शाक्य सोमबार चितवन पुगेका थिए । त्यसक्रममा उनी चनौलीमा पुगे तर त्यहाँका प्रमुख श्रेष्ठ अनुपस्थित भए । तर, कार्यालय प्रमुख श्रेष्ठ भने त्यहाँ उपस्थित नभएको खुलेको छ ।

कार्यालयतर्फबाट भएका समस्या, विद्युत आपूर्तिको समस्याका बारेमा प्राधिकरण प्रमुखलाई ब्रिफिङ गर्नुपर्ने वितरण केन्द्रका प्रमुख श्रेष्ठ प्राधिकरण प्रमुख आउँदा दिनभरजसो नै आएनन् ।

mulpatra mulpatra mulpatra

शाक्य चितवनमा झण्डै ६ घण्टा रहे । तर, श्रेष्ठले भेटेनन् । भरतपुर पुगेका शाक्यलाई लोडसेडिङकै झल्को दिने गरी किन तालिका सार्वजनिक भयो भनेर सोध्दा गलत ढंगले दबाब दिएर तालिका सार्वजनिक गरिएको बताएका थिए ।