माओवादी फुटाए ०८४ को चुनावमा १० सिट सुरक्षीत गरिदिने जनार्दनलाई ओलीकै आश्वासन, आन्तरिक छलफलमा शर्मा

माओवादी फुटाए ०८४ को चुनावमा १० सिट सुरक्षीत गरिदिने जनार्दनलाई ओलीकै आश्वासन, आन्तरिक छलफलमा शर्मा
  • १४ श्रावण २०८२, मंगलवार १४:४१

काठमाडौं– उपमहासचिव जनार्दन शर्माले पार्टीमा निरंकुशता बढ्दै गएको बताएसँगै नेकपा माओवादी केन्द्रभित्र खैलाबैला मच्चिएको छ । माओवादी नेताहरूका अनुसार शर्माले पार्टीलाई क्षति पुग्नेगरी बोलेकाले त्यसलाई सामान्य नठान्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका छन् ।

mulpatra

साउन ६ गते ५७ औँ पुष्पलाल स्मृति दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै शर्माले कम्युनिस्ट पार्टीहरू नोकरशाही केन्द्रीयतामा परिणत भएकोले आरोप लगाएका थिए । त्यसपछि मनमोहन अधिकारीबाहेक सबै कम्युनिस्ट प्रधानमन्त्री भष्टाचारमा मुछिएको शर्माको आरोप थियो ।

शर्माले पटक–पटक सरकारको नेतृत्व गरेका कम्युनिस्ट पार्टीहरूले गरिबी, उत्पीडन र सामाजिक विभेद अन्त्य गर्न नसकेको आरोप लगाउँदै प्रचण्डलाई कटाक्ष समेत गर्दै आएका छन् । त्यसपछि अध्यक्ष प्रचण्डलाई भेट्ने पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मका नेताले शर्मालाई कारबाही गर्नुपर्नेसम्मको प्रस्ताव गरेको माओवादीका एक नेताले मूलपत्रलाई जानकारी दिए ।

mulpatra mulpatra mulpatra

उनको उक्त भनाइपछि प्रचण्डले पुष्पलाल स्मृति दिवसको कार्यक्रममा केही साथीले सिँगौरी खेलेका छन् कति खेल्छौ खेल भन्दै पार्टी कमिटिमा कुरा राख्न निर्देशन नै दिएका थिए ।

उनका अनुसार शर्माको अभिव्यक्ति अध्यक्ष प्रचण्डप्रति लक्षित रहेको भन्दै प्रचण्डपक्षीय नेताहरू क्रुद्ध देखिन्छ । सामाजिक सञ्जालबाटै शर्माको भनाइको प्रतिवाद समेत प्रचण्ड पक्षीय नेताले गदै आएका छन् ।

ती नेताका अभिव्यक्ति अक्षम्य खालको रहेको भन्दै सो पार्टीका नेताहरूले अध्यक्ष प्रचण्डलाई कठोर कदम चाल्न सुझाव समेत दिएका छन् । बाँकी कुरा अध्यक्षले गर्ने उनको भनाइ छ ।

Image Source: © https://mulpatra.com

एमालेको दाउ माओवादी फुटाउने

माओवादी पार्टीभित्र विवाद भइरहेको बेला नेकपा एमाले भने पार्टी फुटाइ दिन लागि परेको छ । शर्मामाथि विभाजनको आरोप माओवादीकै केही नेताहरुले लगाइरहेका बेला एमाले शर्मालाई आगामी निर्वाचनमा १० सिट सुरक्षीत गरिने दिने भन्दै शर्मालाई माओवादी फुटाउन सल्लाह दिएको छ ।

एमाले स्रोतका अनुसार यस विषयमा शर्मासँग एमाले अध्यक्ष केपी ओलीले नै छलफल गरेको बताउछन् । ओलीले शर्मालाई आगामी निर्वाचनमा कर्णालीसहित अन्य प्रदेशमा १० सिट जिताउन सहयोग गर्ने भन्दै माओवादी फुटाउन सुझाव दिएको स्रोतले बतायो । यस विषयमा कर्णाली प्रदेशका केही नेताले शर्मालाई ओलीसँग सम्वाद गराएको माओवादीभित्र पनि चर्चा छ ।

शर्मासँग यस विषय माओवादीबाट आएका नेताद्वय राम बहादुर थापा र लेखराज भट्टले कुराकानी गरिरहेको स्रोतको दाबी छ ।

ओलीको उक्त आश्वसानपछि शर्माले पनि कर्णाली र सुदुरपश्चिम प्रदेशका केही माओवादी नेताहरुसँग छलफल गरेको पाइएको छ ।