Close

Recent Posts

लामालाई कांग्रेस बागमती संसदीय दलको नेताबाट हटाइयो

लामालाई कांग्रेस बागमती संसदीय दलको नेताबाट हटाइयो
  • १४ श्रावण २०८२, मंगलवार १४:१५

काठमाडौं– बहादुरसिंह लामाले नेपाली कांग्रेस बागमती संसदीय दलको नेताको हैसियत गुमाएका छन् । भर्खरै सकिएको मत विभाजनमा बहादुरको पक्षमा १५ र विपक्षमा २२ सांसदले हस्ताक्षर गरे । यस प्रदेशमा कांग्रेसका कुल ३७ सांसद छन् । बहुमतका लागि १९ जना चाहिन्छ ।

mulpatra

शुक्रबार मुख्यमन्त्री लामाविरुद्धको अविश्वासको प्रस्तावमा २१ सांसदले हस्ताक्षर गरेका थिए । आज श्यामकुमार खड्काले मन्त्रीबाट राजीनामा दिएर बानियाको कित्तामा उभिए ।

अविश्वासको प्रस्तावको हस्ताक्षर गरेकी माया श्रेष्ठ भने हस्ताक्षर कीर्ते भएको भन्दै बहादुरतिरै लागेकी थिइन् । भर्खरै सकिएको मत विभाजनमा बानियातर्फ १ सांसद थपिएका थिए ।

mulpatra mulpatra mulpatra

नेपाली कांग्रेस बागमती प्रदेशका सचिव कृष्ण लामाले मत विभाजनको नतिजा घोषणा गरिसकेको बताए । उनका अनुसार अहिले संसदीय दलमा दर्ता भएको अविश्वासको मत पारित गराउन मात्रै संसदीय दलको बैठक भएको थियो ।

बैठकले मुख्यमन्त्रीविरुद्ध आफ्नै सांसदहरुले पेश गरेको अविश्वासको प्रस्ताव बहुमतले पारित गरेपछि अब संसदीय दलको नेताको लागि संसदीय दलको बैठक बस्नुपर्ने हुन्छ ।

दुई–तीन दिनपछि मात्रै संसदीय दलको नेता चयनको प्रकृया अघि बढ्ने लामाले नेपाल प्रेसलाई जानकारी दिए । उनले केन्द्रीय समितिमा छलफल गरेर संसदीय दलको नेता चयनको मिति तय हुने बताए ।

Image Source: © https://mulpatra.com