Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

सय संख्याको समस्या समाधान गर्न सरकारसँग तत्काल छलफल र दबाब दिन संघलाई आग्रह

सय संख्याको समस्या समाधान गर्न सरकारसँग तत्काल छलफल र दबाब दिन संघलाई आग्रह
  • १५ श्रावण २०८२, बुधबार १७:२५

काठमाडौं– इजाजत नवीकरणका लागि बाध्यकारी सय संख्याले उत्पन्न गराएको समस्या समाधानका लागि पहल गरिदिन सय नकटाएका म्यानपावर सञ्चालकले वैदेशिक रोजगार व्यवसायी संघको कार्यालय पुगेका छन् ।

mulpatra

उनीहरु सय नवीकरण नभएको विषयमा संघले सरकारसँग छलफल र दबाब दिन आग्रह गदै संघका पदाधिकारी भेट्न भएका हुन् । संघका पदाधिकारीले पनि यस विषयमा गम्भीर भएको र सरकारसँग पहल भइरहेको जनाएको छ ।

वैदेशिक रोजगार ऐन २०६४ को दफा ८२ अन्तर्गत बाधा अड्काउ फुकाउ वा अन्य उपयुक्त प्रशासनिक उपाय अवलम्बन गरी तत्काल व्यवसायीहरूलाई राहत दिन व्यवसायीको माग छ ।

mulpatra mulpatra mulpatra

इजाजत नवीकरणका लागि बाध्यकारी संख्या सयको प्रावधान संघीय संसद्बाट संशोधन भई पारित भइसकेको र राष्ट्रपति कार्यालयमा प्रमाणीकरणको प्रक्रियामा छ । दुई महिनादेखि यो प्रक्रिया रोकिएको छ । यसका लागि तत्काल पहल गर्ने व्यवसायीले संघसँग माग गर्दै आएका छन् ।

वैदेशिक रोजगार ऐनको व्यवस्था पूर्णरूपमा कार्यान्वयन नहुन्जेलसम्म करिब ४ सय ३८ वटा वैदेशिक रोजगार व्यवसायी संस्थाहरू इजाजतपत्र नवीकरण प्रक्रियाको अन्योलमा परेको छन् ।