आहा…भिलेज हाइल्याण्ड रिसोर्ट, २८ हिमाल देखिने नगरकोटभन्दा सुन्दर रानिकोट

आहा…भिलेज हाइल्याण्ड रिसोर्ट, २८ हिमाल देखिने नगरकोटभन्दा सुन्दर रानिकोट
  • १९ श्रावण २०८२, आईतवार १२:४५

काठमाडौं– भक्तपुरको रानीकोटमा रहेको सुविधा सम्पन्न भिलेज हाइल्याण्ड रिसोर्ट आन्तरिक तथा बाह्य पर्यटक र ग्राहकको रोजाइमा पर्न थालेको छ ।

mulpatra

रिसोर्टबाटै काठमाडौं उपत्यकाका तीनै शहर भक्तपुर, ललितपुर र काठमाडौं जिल्लाका अधिकांश भागहरू पनि देखिन्छ । बसाइलाई थप सुन्दर, प्रफुल्ल र आन्नदित बनाउँछ ।

भिलेज हाइल्याण्ड रिसोर्टले विस्तारै आन्तरिक र बाह्य पर्यटकहरू यहाँ खाना बस्न सँगै अन्य कार्यक्रमहरू सेलिब्रेसन गर्नका लागि रोजाईमा पर्न थालेको होटलका संचालक समितिका अध्यक्ष रामसुन्दर बकेले जानकारी दिए । शहरमा बसेर गाँउमा गुम्न जानुपर्छ भन्ने अभियान्ता समेत हुन् ।

रानीकोट आसपासको गाउँ टुरले तपाईंलाई स्थानीय बासिन्दाहरूसँग जोड्ने अवसर दिन्छ । यहाँको स्थानिय उत्पादन पनि बिक्री भइरहेको बकेले बताएका छन् ।

नजिकैको बाग भैरव मन्दिरको दर्शन पनि गर्न सकिन्छ । बाघ भैरब हिन्दु , बौद्ध घर्मको संगम स्थल पनि हो । यहाँ गुरु रिम्पोछे तपस्या गरेको स्थल भएको उनले बताए । ‘रानिकोटमा नेवार, तामाङ, क्षेत्री र बाहुन समुदायको मिश्रित परम्परा र संस्कति अवलोकन गर्न सकिन्छ । त्यस्तै रानीकोट पाँचपाण्डवहरू डोलेश्वर महादेव आएको बाटो पनि हो भन्ने किम्बदन्धी रहेको छ ।’ उनले भने

रानिकोट भ्रमणले यहाँको सांस्कृतिक अनुभव र ग्रामीण जीवन नजिकबाट अवलोकन गर्ने मौका दिन्छ । त्यस्तै यहाँ जंगल सफारी पनि गर्न सकिने उनले जानकारी दिए ।

नेपालमा विदेशी सुन्दर भनेर आउँछन् । त्यसरी नै व्यवस्थापन गर्ने सोचमा उनी छन् । शहरमा बस्ने र गाँउमा घुम्न जाने अभियानका लागि उनी लागि परेका छन् । देशमा युवा पुस्ता विदेशीदाँ देशमा अवस्था बिग्रिएको प्रति उनी चिन्तित छन् ।

भिलेज हाइल्याण्ड रिसोर्टको बाल्कोनी वा छतबाट यो दृश्यको मजा पनि लिन सकिन्छ । बिहान सूर्योदय हेरेर नयाँ सुरुवातको संकल्प लिन पनि सकिन्छ । यो त्यहाँका मुख्य आकर्षण हो ।


करिब ३२ करोड रुपैयाँ लागतमा बनेको रिसोर्ट पाँच रोपनी जग्गामा फैलिएको छ । रिसोर्टमा हल , बार, स्वीमिङपुल सुविधा सम्पन्न कोठाहरू साथै बालबच्चाका लागि रमाउने ठाउँलगायतका सुविधा रहेको रसोर्टमा अन्य सुबिधाहरू छन् ।

यहाँबाट लाङटाङ हिमशृंखला, काठमाडौं उपत्यका र वरपरका हरियाली पहाडहरूको मनमोहक दृश्य देखिन्छ । सूर्यविनायक नगरपालिकाको सबैभन्दा उच्च स्थान रानीकोटमा रहेको भिलेज हाइल्याण्ड रिसोर्ट परिसरबाट दोर्जे लाक्पा, लाङटाङ, मनास्लु, पुमरी, गौरीशंकर लगायतका हिमालहरु अवलोकन गर्न सकिने भएकाले ग्राहकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।

योसँगै बाघभैरव र रानीकोट किल्ला (फोर्ट) सम्मको छोटो हाइकिङ यहाँको प्रमुख आकर्षण पनि हो । यो ऐतिहासिक किल्ला रानीकोट पहाडको टुप्पोमा छ । यहाँबाट काठमाडौं उपत्यका, वरपरका हरियाली वनजंगल र हिमालको सुन्दर पानोरमिक दृश्य देखिन्छ ।

रिसोर्टबाट हिमाल, हरियाली पहाड, गाउँ र उपत्यकाको दृश्यले उत्कृष्ट फोटो खिच्ने अवसर दिन्छ। रानीकोट किल्ला, स्थानीय गाउँ र रिसोर्टको आकर्षक डिजाइन पनि मनमा फोटोको कौतुहलता जगाउँछ । विशेष समयमा यहाँ खिचिएका तस्बिरहरूले तपाईंको सम्झनालाई जीवन्त राख्नेछ ।

रानीकोटको प्राकृतिक सुन्दरता र भिलेज हाइल्याण्ड रिसोर्टको परिवेश फोटोग्राफी प्रेमीहरूका लागि स्वर्ग हो । यहाँ साहसिक हाइकिङ, शान्त विश्राम र सांस्कृतिक अनुभवको संयोजन छ ।

रानीकोटको प्राकृतिक सुन्दरता र भिलेज हाइहाल्ड रिसोर्टको आतिथ्यताले तपाईंको यात्रालाई बहुआयामिक बनाउँछ । यहाँको मौसम चिसो र स्वच्छ छ, जसले यात्रालाई थप रमाइलो बनाउँछ। रिसोर्टमा फ्री वाइफाइ, पार्किङ र २४ घण्टा रिसेप्सन जस्ता सुविधाहरू छन् ।

रानीकोट पुग्न सूर्यविनायकबाट ७ किलोमिटरको पक्की र ग्राभेल बाटो छ। काठमाडौंबाट निजी सवारी वा ट्याक्सीमा करिब ३०–४५ मिनेट लाग्छ। रिसोर्टले पिकअप र ड्रप सुविधा पनि प्रदान गर्छ ।
समुद्र सतहबाट करिब २००० मिटर उचाइमा रहेको यो ठाउँ काठमाडौंबाट करिब १८ किलोमिटर र भक्तपुरको सूर्यविनायकबाट ७ किलोमिटरको दूरीमा अवस्थित छ । समय र दुरीका हिसावले यो ठाउँ सजिलै पहुँचयोग्य छ ।

भिडियो पनि