Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

आहा…भिलेज हाइल्याण्ड रिसोर्ट, २८ हिमाल देखिने नगरकोटभन्दा सुन्दर रानिकोट

आहा…भिलेज हाइल्याण्ड रिसोर्ट, २८ हिमाल देखिने नगरकोटभन्दा सुन्दर रानिकोट
  • १९ श्रावण २०८२, आईतवार १२:४५

काठमाडौं– भक्तपुरको रानीकोटमा रहेको सुविधा सम्पन्न भिलेज हाइल्याण्ड रिसोर्ट आन्तरिक तथा बाह्य पर्यटक र ग्राहकको रोजाइमा पर्न थालेको छ ।

mulpatra

रिसोर्टबाटै काठमाडौं उपत्यकाका तीनै शहर भक्तपुर, ललितपुर र काठमाडौं जिल्लाका अधिकांश भागहरू पनि देखिन्छ । बसाइलाई थप सुन्दर, प्रफुल्ल र आन्नदित बनाउँछ ।

भिलेज हाइल्याण्ड रिसोर्टले विस्तारै आन्तरिक र बाह्य पर्यटकहरू यहाँ खाना बस्न सँगै अन्य कार्यक्रमहरू सेलिब्रेसन गर्नका लागि रोजाईमा पर्न थालेको होटलका संचालक समितिका अध्यक्ष रामसुन्दर बकेले जानकारी दिए । शहरमा बसेर गाँउमा गुम्न जानुपर्छ भन्ने अभियान्ता समेत हुन् ।

mulpatra mulpatra mulpatra

रानीकोट आसपासको गाउँ टुरले तपाईंलाई स्थानीय बासिन्दाहरूसँग जोड्ने अवसर दिन्छ । यहाँको स्थानिय उत्पादन पनि बिक्री भइरहेको बकेले बताएका छन् ।

नजिकैको बाग भैरव मन्दिरको दर्शन पनि गर्न सकिन्छ । बाघ भैरब हिन्दु , बौद्ध घर्मको संगम स्थल पनि हो । यहाँ गुरु रिम्पोछे तपस्या गरेको स्थल भएको उनले बताए । ‘रानिकोटमा नेवार, तामाङ, क्षेत्री र बाहुन समुदायको मिश्रित परम्परा र संस्कति अवलोकन गर्न सकिन्छ । त्यस्तै रानीकोट पाँचपाण्डवहरू डोलेश्वर महादेव आएको बाटो पनि हो भन्ने किम्बदन्धी रहेको छ ।’ उनले भने

रानिकोट भ्रमणले यहाँको सांस्कृतिक अनुभव र ग्रामीण जीवन नजिकबाट अवलोकन गर्ने मौका दिन्छ । त्यस्तै यहाँ जंगल सफारी पनि गर्न सकिने उनले जानकारी दिए ।

Image Source: © https://mulpatra.com

नेपालमा विदेशी सुन्दर भनेर आउँछन् । त्यसरी नै व्यवस्थापन गर्ने सोचमा उनी छन् । शहरमा बस्ने र गाँउमा घुम्न जाने अभियानका लागि उनी लागि परेका छन् । देशमा युवा पुस्ता विदेशीदाँ देशमा अवस्था बिग्रिएको प्रति उनी चिन्तित छन् ।

भिलेज हाइल्याण्ड रिसोर्टको बाल्कोनी वा छतबाट यो दृश्यको मजा पनि लिन सकिन्छ । बिहान सूर्योदय हेरेर नयाँ सुरुवातको संकल्प लिन पनि सकिन्छ । यो त्यहाँका मुख्य आकर्षण हो ।


करिब ३२ करोड रुपैयाँ लागतमा बनेको रिसोर्ट पाँच रोपनी जग्गामा फैलिएको छ । रिसोर्टमा हल , बार, स्वीमिङपुल सुविधा सम्पन्न कोठाहरू साथै बालबच्चाका लागि रमाउने ठाउँलगायतका सुविधा रहेको रसोर्टमा अन्य सुबिधाहरू छन् ।

यहाँबाट लाङटाङ हिमशृंखला, काठमाडौं उपत्यका र वरपरका हरियाली पहाडहरूको मनमोहक दृश्य देखिन्छ । सूर्यविनायक नगरपालिकाको सबैभन्दा उच्च स्थान रानीकोटमा रहेको भिलेज हाइल्याण्ड रिसोर्ट परिसरबाट दोर्जे लाक्पा, लाङटाङ, मनास्लु, पुमरी, गौरीशंकर लगायतका हिमालहरु अवलोकन गर्न सकिने भएकाले ग्राहकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।

योसँगै बाघभैरव र रानीकोट किल्ला (फोर्ट) सम्मको छोटो हाइकिङ यहाँको प्रमुख आकर्षण पनि हो । यो ऐतिहासिक किल्ला रानीकोट पहाडको टुप्पोमा छ । यहाँबाट काठमाडौं उपत्यका, वरपरका हरियाली वनजंगल र हिमालको सुन्दर पानोरमिक दृश्य देखिन्छ ।

रिसोर्टबाट हिमाल, हरियाली पहाड, गाउँ र उपत्यकाको दृश्यले उत्कृष्ट फोटो खिच्ने अवसर दिन्छ। रानीकोट किल्ला, स्थानीय गाउँ र रिसोर्टको आकर्षक डिजाइन पनि मनमा फोटोको कौतुहलता जगाउँछ । विशेष समयमा यहाँ खिचिएका तस्बिरहरूले तपाईंको सम्झनालाई जीवन्त राख्नेछ ।

रानीकोटको प्राकृतिक सुन्दरता र भिलेज हाइल्याण्ड रिसोर्टको परिवेश फोटोग्राफी प्रेमीहरूका लागि स्वर्ग हो । यहाँ साहसिक हाइकिङ, शान्त विश्राम र सांस्कृतिक अनुभवको संयोजन छ ।

रानीकोटको प्राकृतिक सुन्दरता र भिलेज हाइहाल्ड रिसोर्टको आतिथ्यताले तपाईंको यात्रालाई बहुआयामिक बनाउँछ । यहाँको मौसम चिसो र स्वच्छ छ, जसले यात्रालाई थप रमाइलो बनाउँछ। रिसोर्टमा फ्री वाइफाइ, पार्किङ र २४ घण्टा रिसेप्सन जस्ता सुविधाहरू छन् ।

रानीकोट पुग्न सूर्यविनायकबाट ७ किलोमिटरको पक्की र ग्राभेल बाटो छ। काठमाडौंबाट निजी सवारी वा ट्याक्सीमा करिब ३०–४५ मिनेट लाग्छ। रिसोर्टले पिकअप र ड्रप सुविधा पनि प्रदान गर्छ ।
समुद्र सतहबाट करिब २००० मिटर उचाइमा रहेको यो ठाउँ काठमाडौंबाट करिब १८ किलोमिटर र भक्तपुरको सूर्यविनायकबाट ७ किलोमिटरको दूरीमा अवस्थित छ । समय र दुरीका हिसावले यो ठाउँ सजिलै पहुँचयोग्य छ ।

भिडियो पनि