Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

खोटाङमा गाडी भिरबाट खस्दा १३ जना घाइते

खोटाङमा गाडी भिरबाट खस्दा १३ जना घाइते
  • २० श्रावण २०८२, सोमबार ११:२३

काठमाडौं– खोटाङमा आज बिहान गाडी दुर्घटना हुँदा करिब १३ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

mulpatra

हलेसीबाट सिराहाको गोलबजारतर्फ जाँदै गरेको प्र.२–०१–००१ ज ००५३ नम्बरको विङगर गाडी आफैँ अनियन्त्रित भई सडकबाट करिब दुईसय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

सोमबार बिहान आठबजे खोटाङको हलेसी तुवाचुङ नगरपालिका– १ दौत्यखोलास्थित मध्येपहाडी लोकमार्ग सडक खण्डमा गाडी दुर्घटना भएको हो ।

mulpatra mulpatra mulpatra

दुर्घटनामा घाइते हुनेमा सिराहाको नरहा गाउँपालिका–५ बलुवा निवासी ३९ वर्षीय रञ्जित यादव, सोही ठाउँकी ७० वर्षीया कुस्मवती यादव, ७० वर्षीय राज यादव, सोही ठाउँका रामशरण ठाकुरकी श्रीमती (नाम खुल्न बाँकी) लगायत रहेका छन् ।

दुर्घटनामा घाइते भएकी रामशरण ठाकुरकी पत्नीसहितका केही घाइतेको अवस्था गम्भीर रहेको पनि प्रहरीले जनाएको छ। घाइते मध्ये १३ जनालाई एम्बुलेन्समार्फत उपचारको लागि उदयपुरतर्फ पठाइएको छ ।

दुर्घटनाको खबरपछि नम्बर ७ गुल्म हलेसीबाट प्रहरी निरीक्षक विष्णु बहादुर आलेको कमाण्डमा ११ जनाको टोली, हर्कपुर ओखलढुंगाबाट प्रहरी सहायक निरीक्षक विरेन्द्र कार्कीको कमाण्डमा १० जनाको टोली खटिएको छ ।

Image Source: © https://mulpatra.com

त्यसैगरि स्थायी प्रहरी पोष्ट जयरामघाटबाट शेख रहुल्लाहको कमाण्डमा २ जना, प्रहरी चौकी च्यास्मिटारबाट असई सहित २ जना र इलाका प्रहरी कार्यालय हलेसीबाट प्रहरी निरीक्षक हेमन्त राईको कमाण्डमा ११ जना प्रहरी टोली पनि अहिले घटना स्थलमा पुगेर घाइतेको उद्धार गरिरहेका छन् ।

दुर्घटनामा परेको गाडीमा अनुमानित १८ जना सवार रहेका प्रहरीले जनाएको छ। घटनास्थल अस्थायी प्रहरी पोष्ट जयरामघाटबाट दुई किलोमिटर पूर्वतर्फ पर्छ ।