Close

Recent Posts

महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत रूपमा हस्तान्त्रण गर्न देउवा तयार

महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत रूपमा हस्तान्त्रण गर्न देउवा तयार
  • २८ आश्विन २०८२, मंगलवार १५:५२

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको घोषणा गरेका छन् ।

mulpatra

पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने घोषणा गरेका हुन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने घोषणा गरेका छन् । साथै उनले आफू नेतृत्व हस्तान्तरण गर्न तयार रहेको पनि बताए । केन्द्रीय समिति बैठकलाई मंगलबार सम्बोधन गर्दै उनले १५औँ महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत रूपमा हस्तान्तरण गर्ने बताए ।

’म साथीहरूलाई के आग्रह गर्न चाहन्छु भने घरमा सधैँ एकै जना मुली रहँदैन । पार्टीमा पनि हमेसा एकै जना सभापति रहिरहँदैन । जहाँसम्म मेरो विषय छ मैले पहिले नै हाम्रो वैधानिक व्यवस्थाले र मेरो राजनीतिक इच्छाले १५औँ महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत रूपमा हस्तान्त्रण गर्छु भनिसकेको छु’, देउवाले भने ।