Close

Recent Posts

श्रमिकका नाममा तारे होटलमा कार्यक्रम गरेर रमाइरहेको आईओएम, सरकार र एनजिओकाे सहकार्यमा फजुल खर्च

श्रमिकका नाममा तारे होटलमा कार्यक्रम गरेर रमाइरहेको आईओएम, सरकार र एनजिओकाे सहकार्यमा फजुल खर्च
  • २१ श्रावण २०८२, मंगलवार १७:३४

काठमाडौं– अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम)ले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारसम्बन्धी विभिन्न कार्यक्रमहरू राजधानीका महंगो पाँचतारे होटलहरूमा आयोजना गर्दै आएको छ । आज मात्र आईओएमले म्यारियाट होटलमा वैदेशिक रोजगार सम्बन्धी कार्यक्रम आयोजना गरेको थियो ।

mulpatra

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद्सिंह भण्डारीको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरेको छ । उनीसँग श्रम मन्त्रालयका अन्य उच्च कर्मचारी आईओएमको कार्यक्रममा सहभागि थिए ।

जसमा आईओएमबाट डलर लिएर वैदेशिक रोजगारी क्षेत्रमा काम गर्ने एनजिओ र केही यसैसँगै केन्द्रीत भएर काम गर्ने समिति पत्रकारसहित विज्ञहरु बोलाइएको थियो ।

तर आईओएमले श्रमिकका हकहितका लागि काम गर्ने दाबी गरेपनि नेपालका हकमा भने केही एनजीओ र समिति पत्रकारसँगै केही सरकारी कर्मचारीलाई पालन काम गदै आएको छ । योभन्दा ठुृलो उपलब्धी आईओएमको छैन ।

आईओएमले नेपालमा नियमित प्रवासन मार्ग, नैतिक भर्ती अभ्यास, माइग्रेन्ट वर्कर्स अधिकार सुधार, र सामाजिक पुनःएकीकरण सम्बन्धि विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको भनेपनि यस विषयमा श्रमिक र सम्बन्धीत पक्ष नै बेखबर छन् । तर आईओएमले यहीअनुसार काम गरेको छैन । श्रमिकको नाम दिएर तारे होटलमा कार्यक्रम गरेर तीनै कामदारको बजेट सक्ने मात्र काम गरिरहेको छ । आईओएमले श्रमिकक हकहितका लागि कति र कस्तो कार्यक्रम गरेको छ भनेर श्रमिक नै थाहा छैन ।

हरेक पटक तारे होटलमा कार्यक्रम गर्दा आईओएमले कम्तिमा ५० लाखभन्दा बढी खर्चिने गरेको छ । नीतिगत विषयमा छलफल गर्ने भनेर आईओएमले यति ठुलो रकम खर्चिएपनि यसको उपलब्धी देखाउन मिल्दैन भनेर तर्किदै आएको छ ।

वैदेशिक रोजगारीमा जाने कामदारका समस्या केन्द्रीत काम गरेको भन्दै आईओएमले श्रमिकका नाममा करोडौं पैसा पाँचतारे होटलमा कार्यक्रम गरेर खर्चिने गरेको छ । वैदेशिक रोजगारीमा कामदारको सीधा हितमा लगानी गर्नुको सट्टा कार्यक्रम र गोष्ठीका नाममा फजुल खर्च भइरहेको आलोचना हुँदै आएको छ ।

सामान्य श्रमिकका हकहितका लागि काम गर्ने भनिएको संस्थाले होटल तथा रिसोर्टहरूमा कार्यक्रम गरी ठूलो खर्च गर्ने गरेको भन्दै प्रश्न उठ्न थालेको छ । श्रमिकका नाममा महँगो रकम खर्चिएर आईओएमको पाँचतारे होटलमा कार्यक्रम भएपनि यस संस्थाको वार्षिक कार्यक्रमका बारेमा सम्बन्धीत कामदार भने जानकार छैन ।

श्रमिकको हकहितका लागि कमल चलाउने भन्दा पनि वैदेशिक रोजगारीमा घरेलु महिला कामदार पठाउनुपर्छ भनेर तस्करीका पक्षमा वकालत गर्न पत्रकार, यससँग सम्बन्धीत संस्था र विज्ञहरु बेला गरी आईओएमले श्रमिकको नाममा फजुल खर्च गर्दै आएको पाइन्छ ।

आईओएमले श्रमिकका नाममा भित्र–भित्रै करोडौं खर्चिपनि स्यंम वैदेशिक रोजगारीमा जाने कामदारलाई भने यो संस्थाका यी कार्यक्रमका बारेमा जानकार छैन ।