५ करोडभन्दा बढी ठगि गरेर विश्वास बहुउदेश्यीय सहकारीका अध्यक्षसहित ७ फरार

काठमाडौं– पाँच करोड रुपैयाँ ठगी गरेर काठमाडौं महानगरपालिका न्यूरोडमा रहेको विश्वास बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्षसहित सात जना पदाधिकारीहरु भागेका छन् । उनीहरुले १० हजारभन्दा बढी बचतकर्ताले
फरार हुनेहरुमा सहकारीका अध्यक्ष दमन्ता घिमिरे, सचिव अमृत कटुवाल, सहसचिव गोपाल अधिकारी, कोषाध्यक्ष भारती न्यौपाने गौतम, सदस्यहरु अनिता थापा र रोहित खड्का छन् ।
लामो समयसम्म फरार भएपछि उनीहरुलाई फरार प्रतिवादी बनाउँदै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
सहकारीविरुद्ध थप जाहेरी आएपछि अनुसन्धान गर्दा अरू पाँच करोड रुपैयाँ अपचलन भएको पाइएको प्रहरीले बताएको छ । प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा ठगीको कसुरमा मुद्दा दायर गरेको छ ।
उनीहरूले १५ बचतकर्ताको चार करोड ८० लाख २३ हजार २८६ रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर भएको छ । सुरेशकुमार पोदार नाम गरेका एक बचतकर्ताको १ करोड ४९ लाख ९७ हजार २१३ रुपैयाँ ठगी गरेको आरोप छ ।
मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २४९ को ठगी गर्न नहुने कसुरमा उनीहरुविरुद्ध मुद्दा दायर भएको छ । जसअनुसार सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था छ ।
अनुसन्धान अधिकारीहरुको अनुसार बचतकर्ताको रकम उनीहरुले बाँडफाँड गरी बिना धितो ऋण भन्दै लगेर नतिरी फरार भएका हुन् ।