Close

Recent Posts

एसभिपिमार्फत साउदी जाने कामदारसँगै १५ हजार कुम्ल्याएर अबौं लुट्ने दाउमा सभामुखदेखि पुर्वश्रममन्त्री शरद्–राजेन्द्र, चन्द्र ढकालसहित पौडेल र सुफियान

१ अर्ब ५० करोड करबिना कमाउन दाउ (सम्बन्धीत भिडियो)

एसभिपिमार्फत साउदी जाने कामदारसँगै १५ हजार कुम्ल्याएर अबौं लुट्ने दाउमा सभामुखदेखि पुर्वश्रममन्त्री शरद्–राजेन्द्र, चन्द्र ढकालसहित पौडेल र सुफियान१ अर्ब ५० करोड करबिना कमाउन दाउ (सम्बन्धीत भिडियो)
  • ४ असार २०८३, बिहीबार १५:२१

काठमाडौं– साउदी रोजगारीका लागि बुधबारदेखि सुरु गर्ने भनिएको श्रमिकको सीप प्रमाणीकरण स्थगित भएको छ । साउदी सरकारले एकपक्षीयरुपमा लागू गरेको स्किल भेरिफिकेसन प्रोग्राम एसभिपी बुधबारदेखि सुरु गर्न लागिएकोमा वैदेशिक रोजगार व्यवसायीहरुले अवरोध गरेपछि स्थगित गरिएको हो । वैदेशिक रोजगार व्यवसाय संघकै नेतृत्वमा विभिन्न तहमा छलफल भएपछि तत्कालका लागि एसभिपि स्थगित भएको छ ।

mulpatra

सम्बन्धीत भिडियो

तर एसभिपि नेपालमा भित्र्याउन सभामुखदेखि तत्कालिन श्रम मन्त्रीसहित केही व्यवसायीको चलखेल रहेको पाइन्छ । सभामुख डोलप्रसाद अर्यालले मदरल्याण्ड म्यानपावरका सञ्चालक टेक पौडेलमार्फत एसभिपिमा चासो राखेको पाइन्छ । अर्यालकै धादिङमा सञ्चालित तालिम केन्द्रसँग मिलेर मदरल्याण्ड म्यानपावरका सञ्चालक टेक पौडेलको काठमाडौं धापासीमा रहेको तालिम केन्द्रमार्फत एसभिपिमार्फत काम गर्ने योजनाका साथ २ बर्षअघि नै योजना बनाइएको थियो ।

mulpatra mulpatra mulpatra

उक्त योजनाअनुसार टिटिआइ तालिम सञ्चालक अबु सुफियान जोडिएका छन् । जसमा सबैभन्दा बढी भुमिका अर्याल र पौडेलको रहेको छ । अर्याल दोस्रो पटक श्रममन्त्री भएकै बेला यो सबै योजना पौडेलमार्फत बनाइएको थियो । पछि सत्ता परिवर्तन भएपछि फेरी जोडिए टेक पौडेल र सुल्तानकै योजना अनुसार तत्कालिन श्रम मन्त्री शरद्सिंह भणडरी पनि ।

उनै भण्डारीले बर्दिवासमा एउटा तालिम केन्द्र एसभिपिमा जोड्न सर्तमा साउदीको एसभिपि सञ्चालनका लागि सहज हुने प्रलोभन देखाए । सोही अनुुसार अर्यालनिटक पौडेलले एसभिपिको काम अघि बढाए । जेनजी आन्दोलनपछि भण्डारी श्रम मन्त्रीबाट हटेपछि फेरी ३ महिनापछि श्रम मन्त्रीमा आएका राजेन्द्रसिंह भण्डारी समेत जोडिए । उनी तत्कालिन एफएनसिसिआइका अध्यक्ष चन्द्र ढकालमार्फत पौडेलसँग जोडिए ।

भण्डारीमा बजारमा प्रहरीको एउटा समूह चलाएर अर्कोतिर एसभिपि ल्याउन पौडेलमार्फत लागे । तर श्रम मन्त्रालयकै उच्च अधिकारीले नमानेपछि त्यतिबेला पनि एसभिपि सञ्चालनमा ल्याउन कोही सफल भएनन् । यता बालेन शाह नेतृत्व सरकारमा आएपछि सभामुखकै पहलमा पौडेलले एसभिपि सञ्चालनमा ल्याउन सहज भएको भन्दै नेपालस्थित साउदी दूतावासलाई दबाब दिए ।

Image Source: © https://mulpatra.com

एसभिपिको पहिलो ट्रेनिङ सेन्टर बसुन्धारामा २४ मै खोलिएको थियो । तर, एसभिपिको सेन्टर खोलिएको विषयमा युवा, श्रम तथा रोजगार मन्त्रालय बेखबर छ । साउदी रोजगार बजारसँग प्रत्यक्ष सम्बन्ध राख्ने निकायहरूले समयमै जानकारी नदिँदा व्यवसायी र कामदार दुवै प्रभावित भएका छन् ।

एसभिपिमा साउदी जाने कामदारले १५ हजारसम्म खर्च ब्येहोर्नुपर्ने समेत बताइएको छ । यो यकिन भइ नसकेको पनि बताइएको छ । तालिम केन्द्रका सञ्चालक नेपाली नागरिकता भएका अबु सुफियान नाम गरेको व्यक्ति भएको व्यवसायीहरुको दाबी छ । भारतीय रासन कार्डसमेत भएका उनले भारतसहित बंगलादेशमा पनि यही प्रणाली लागू गराएको उनीहरुले बताउँदै आएका छन् ।

साउदी वार्षिक १ लाख कामदार गए एभिपिले वर्षेनी १ अर्ब ५० करोड सिप प्रमाणिकरणबाट उठ्ने देखिन्छ । यसमा कर समेत नेपाललाई तिर्नुपर्ने व्यवसायीकै भनाइ छ । यसका लागि ठुला व्यक्तिनै एसभिपिसँग जोडिएको देखिन्छ ।

बुधबारको घटनापछि नेपालका लागि साउदी राजदूतले व्यवसायीहरुलाई छलफलमा बोलाएका छन् ।सोहीअनुसार व्यवसायी छलफलमा जाँदैछन् । तर यसमा ठुलै व्यक्ति जोडिएपछि अन्य व्यवसायी त्रासमा छन् ।

सरकारले पनि यसलाई चासोका साथ हेरिएको छ । यसैबीच, श्रम मन्त्रालयले साउदी अरबले लागू गर्न खोजेको सीप प्रमाणीकरणबारे अध्ययन गर्ने जनाएको छ । मन्त्रालयले अध्ययनपछि मात्र आवश्यक निर्णय लिइने मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले बताए । उनले भने, ‘साउदीले यस्तो सीप भएको कामदार लान्छौं भन्न त पायो । अरू, उहाँहरुले उठाएका विषयमा मन्त्रालयमा छलफल गरेपछि के गर्ने तय हुन्छ ।’

साउदीको एसभिपिमा ठुलै मान्छे जोडिएपछि अहिलेको सरकारको चासो विषय समेत बनेको छ । उता व्यवसायी संघले भने दबाब दिएर भएपनि एसभिपि रोक्ने तयारी गरिरहेका छन् ।

सरकारले इथिकल रिक्रुटमेन्ट, निःशुल्क भर्नाजस्ता कुरा गर्दै गर्दा यस्ता प्रावधानले मर्ने श्रमिक नै हो । वास्तवमा यो संघको मुद्दा होइन, राज्यको मुद्दा भएको व्यवसायीको आवाज छ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com