Close

Recent Posts

एसभिपिमार्फत साउदी जाने कामदारसँगै १५ हजार कुम्ल्याएर अबौं लुट्ने दाउमा सभामुखदेखि पुर्वश्रममन्त्री शरद्–राजेन्द्र, चन्द्र ढकालसहित पौडेल र सुफियान

एसभिपिमार्फत साउदी जाने कामदारसँगै १५ हजार कुम्ल्याएर अबौं लुट्ने दाउमा सभामुखदेखि पुर्वश्रममन्त्री शरद्–राजेन्द्र, चन्द्र ढकालसहित पौडेल र सुफियान

गल्ती गरे आफनै पार्टीलाई पनि नछाड्ने गृहमन्त्रीको चेतानी

गल्ती गरे आफनै पार्टीलाई पनि नछाड्ने गृहमन्त्रीको चेतानी
  • ४ असार २०८३, बिहीबार १३:१७

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गलत गर्नेलाई सरकारले नछाड्ने बताएका छन् । विपद् व्यवस्थापन समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै त्यही अनुसारमा हिजो मात्रै सुरक्षा निकायलाई आफूले निर्देशन दिइसकेको बताए ।

mulpatra

उनले भने, ‘सेवा नै हाम्रो धर्म हो । सुरक्षा निकायहरू नागरिकको सेवामा खट्ने हो । अपराध नियन्त्रणदेखि लिएर सबै कुरामा सबै सुरक्षा निकायका प्रमुखहरूसँग हिजो बैठक बसेको थियो । यसमा हामी निर्मम रूपमा प्रस्तुत हुन्छौँ । गलत गर्ने आफ्नो पार्टी, अर्काको पार्टी भनेर हामीले हेर्दैनौँ । गलतलाई गलत नै भन्छौँ ।’

उनले सुरक्षा निकायमा राजनीतिक दबाब, चलखेल अन्त्य भएको जिकिर गरे । गुरुङले विपद् व्यवस्थापनको तयारीमा सरकार लागिसकेको बताए । पूर्व–पश्चिम राजमार्ग, पृथ्वी राजमार्ग लगायत विभिन्न सडक अवरुद्ध भइरहेका सन्दर्भमा गृह मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयबीच समन्वय भइरहेको उनले बताए।

mulpatra mulpatra mulpatra

बाढी–पहिरो जस्ता विपद्का बेला तत्काल सडक खुलाउन आवश्यक उपकरण कहाँ छन् भन्ने जानकारी दिने डिजिटल प्रणाली विकास गरिएको बताए। राइड सेयरिङ एपजस्तै अवधारणामा आधारित प्रणालीमार्फत डोजर तथा अन्य उपकरणको स्थान पहिचान गरी आवश्यक ठाउँमा छिटो परिचालन गर्न सकिने बताए ।

उनले विगतका सरकारका कामको आलोचना मात्र नगरी राम्रो अभ्यासलाई निरन्तरता दिँदै कमजोरी सुधार्दै सरकार अघि बढ्ने बताए ।