Close

Recent Posts

नेपालमा हल्ला भएजस्तो प्रधानमन्त्री ओलीलाई भारतीय पक्षले भ्रमणको प्रस्ताव र निम्तोपत्र पठाएको छैन

नेपालमा हल्ला भएजस्तो प्रधानमन्त्री ओलीलाई भारतीय पक्षले भ्रमणको प्रस्ताव र निम्तोपत्र पठाएको छैन
  • २२ श्रावण २०८२, बुधबार १०:५५

काठमाडौं– नयाँदिल्लीले साउन पहिलो साता प्रधानमन्त्री केपी ओलीको भ्रमण ३१ भदौ–१ असोजमा गर्ने विषयमा सामान्य छलफल मात्र गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । तर नेपालमा भने प्रधानमन्त्रीको भ्रमण नै तय भएको जस्तोगरी चर्चा भयो ।

mulpatra

यस विषयमा स्यंम प्रधानमन्त्रीका कुटनीतिक सल्लाहकारले समेत केही बोलेका छैन । परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीका अनुसार भारतले प्रधानमन्त्रीलाइै भारत भ्रमणका लागि मिति नै तय गरेर निम्तोपत्र भने पठाइसकेको छैन । यस विषयमा कुटनीतिक तहमा छलफल समेत भएको छैन । प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निम्तोपत्र नै पठाइहाल्नु नभएको र भारतीय पक्षले यो मितिमा भ्रमण गर्नुपर्छ भनेर प्रस्ताव समेत गरेको नगरेको ती कर्मचारीले बताएका छन् ।

प्रधानमन्त्री ओलीलाई निम्तो पत्र पठाएको होइन । यस मितिमा भ्रमण गर्ने भनेर सामान्य सल्लाह मात्र गरेको उनले बताए । ‘दुवै पक्षलाई अनुकूल हुने मिति र एजेन्डा तय भएपछि मात्र औपचारिक निम्तो पठाइने हो । उच्चस्तरीय भ्रमणअघि पहिले मिति प्रस्ताव गरिन्छ । तर अहिले सम्म त्यस्तो प्रस्ताव आएको छैन ।’ उनले भने ।

भारत भ्रमणका लागि प्रधानमन्त्री ओलीलाई भारतीय समकक्षी मोदीबाट औपचारिक निम्तो नै प्राप्त भैसकेको जसरी समाचार सार्वजनिक भएको विषयमा नेपालस्थित नेपाली दूतावासले चासो लिएको उनको भनाइ छ ।

त्यसो त विगतमा न्युयोर्क र ब्याङ्ककमा भएका भेटवार्तामा मोदीले भारत भ्रमणको ‘निम्तो’ दिएका पनि हुन्। । तर, त्यो ‘मौखिक निम्तो’ मा सीमित भइदिँदा ‘लिखित–औपचारिक निम्तो’ अहिलेसम्म नआएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्राप्त भएन।

नयाँदिल्लीद्वारा प्रस्तावित मितिमा प्रधानमन्त्री ओली भारत जाने भएपछि भ्रमणको तयारी सुरु भएको छ । भ्रमणका कार्यक्रम के–कसो हुने विषयमा दुवै पक्षले छलफल थालेका छन् । तर भारतले अहिलेसम्म भ्रमण मितिका विषयमा केही जानकारी नगराएको परारष्ट्रय मन्त्रालयको कर्मचारीहरु बताउँछन् ।

प्रधानमन्त्री भएको लामो समयसम्म भारत भ्रमण हुन नसकेको’ धेरैको जिज्ञासाबाट ओली मुक्त भएपनि अहिलेसम्म भारतले चासो नदिएका कारण यस विषयमा केही भन्न सक्ने अवस्था नभएको परराष्ट्र स्रोतको दाबी छ ।

प्रधानमन्त्री भएको एक वर्षमा भारत भ्रमण गर्ने चाहना सार्वजनिक रुपमै व्यक्त गर्दासम्म नयाँदिल्लीबाट निम्तो प्राप्त नभइरहेको स्थितिमा भ्रमणको प्रस्तावलाई बालुवाटारले सकारात्मक रुपमा लिनु स्वाभाविक हो । तर अहिलेसम्म भ्रमणको निम्तो नआएका कारण पनि बालुवाटार संशकित नै छ ।