Close

Recent Posts

स्वःटंकनाथ टोपलदास जमरकट्टेल कोषमा २ लाख २ हजार २ रुपैयाँ

स्वःटंकनाथ टोपलदास जमरकट्टेल कोषमा २ लाख २ हजार २ रुपैयाँ
  • २२ श्रावण २०८२, बुधबार १३:२६

काठमाडौं– टंकनाथ (टोपलदास) जमरकट्टेल स्मृति वंशहित कोष स्थापना भएको छ । सोलुखुम्बु जिल्ला नेचासल्यान गाउँपालिका वडा न ४ (साविक नेचावेतधारी गाबिस वडा न. ७ मा जन्मिएका अध्यक्षमा निरकुमारी जमरकट्टेलले यस कोषको स्थापना गरेका हुन् ।

mulpatra

उनका अनुसार पछिल्लो करिव साँडे चार दशाक समय देश तथा विदेशमा बसोबास गर्ने भारद्वाज गोत्रीय जमरकट्टेल बंशको इतिहास छ ।

२०८१ साल श्रावण ३१ गते (श्रावण शुक्ल एकादशी) का दिन उपचारको क्रममा शिक्षण अस्पताल, महाराजगन्ज काठमाडौमा दिवंगत हुनुभएका स्व. टंकनाथ (टोपलदास) जमरकट्टेल।जमरकट्टेल सेवा प्रतिष्ठान, नेपाल नेचासल्यान ३,सोलुखुम्बुमा टंकनाथ (टोपलदास) जमरकट्टेल को प्रथम स्मृति सभाको एक कार्यक्रमका बीच कोषको स्थापना गरिएको छ ।

mulpatra mulpatra mulpatra

भने कोषको अध्यक्षमा स्वः–टंकनाथ (टोपलदास) जमरकट्टेल की धर्मपत्नी श्रीमती निरकुमारी जमरकट्टेलअध्यक्ष रहने कोषमा पाँच सदस्य रहने व्यवस्था गरिएको छ ।

कोषमा हालको लागि दुई लाख दुई हजार दुई सय दुई रूपैयाँ रकम प्रतिष्ठानका कोषाध्यक्ष र अक्षयकोष दाता परिवारका प्रतिनिधिको संयुक्त दस्तखतमा बैक खाता सञ्चालन गरी जम्मा गरिने छ । उक्त कोषमा अक्षयकोष दाता परिवारका अन्य सदस्य ,आफन्त , शुभचिन्तकले चाहेमा थप रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको छ ।