Close

भारतीय सामानमा ५० प्रतिशत शुल्क लगाउने ट्रम्पको निर्णय

भारतीय सामानमा ५० प्रतिशत शुल्क लगाउने ट्रम्पको निर्णय
  • २३ श्रावण २०८२, बिहीबार ०६:५७

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप पच्चिस प्रतिशत भन्सार शुल्कको घोषणा गरेका छन् । योसँगै भारतीय सामानमा भन्सार शुल्क पचास प्रतिशत पुगेको छ । रुससँगको व्यापारिक साझेदार गरेको विरोधमा उनले थप पच्चिस प्रतिशत शुल्क घोषणा गरेका थिए ।

mulpatra

ट्रम्पले थप शुल्क लगाउने निर्णय भारतले रूसबाट कच्चा तेल र सैन्य उपकरणको खरिद जारी राखेको प्रतिक्रियास्वरूप आएको बताएका छन् ।

ट्रम्पले हस्ताक्षर गरेको कार्यकारी आदेशअनुसार, भारतबाट अमेरिका निर्यात हुने सामानमा नयाँ २५ प्रतिशत अतिरिक्त शुल्क लागू हुनेछ। यो शुल्क पहिले नै लागिरहेको शुल्कभन्दा थप हुनेछ, यसका कारण अब भारतबाट अमेरिका जानेलाई जम्मा ५० प्रतिशत सम्मको शुल्क तिर्नु पर्नेछ।

mulpatra mulpatra mulpatra

यसले भारतीय सामान किन्न अमेरिकामा महंगो पर्न जाने देखिएको छ । जसले भारतीय सामान विक्री घट्ने अनुमान विज्ञहरुले गरेका छन् ।

अहिले थप गरिएको २५ प्रतिशत शुल्क एक हप्तापछि लागु हुने गरि निर्णय गरिएको छ । भारत अहिले रूसबाट तेल किन्नेमध्ये विश्वका ठूला देशहरूमध्ये एक हो। जनवरी देखि भारतले दैनिक लगभग १६ लाख ब्यारेल रूसी कच्चा तेल खरिद गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ५० प्रतिशत बढी भएको भारतीय सन्चार माध्यमले जनाएका छन् ।

रुसको लगानी रहेको कम्पनी नायरा इनर्जी मार्फत भारतमा तेल आयत गरिरहेको छ । युरोपेली युनियनले जुलाईमा नायरा एनर्जीमाथि प्रतिबन्ध लगाएको थियो।
थप करको घोषणा पछि भारतको परराष्ट्र मन्त्रालयले १ अरब ४० करोड जनाको उर्जा सुरक्षा गर्न तेल आयात गरेको कारण अमेरिकी शुल्कको घोषणा अनुचित, अकारण र तर्कहीन भनेर टिप्पणी गरेको छ ।

Image Source: © https://mulpatra.com