Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

टिकटकर आयुषकी आमाले छोराबुहारीविरुद्ध गाली बेइज्जतीको मुद्दा हालिन्

टिकटकर आयुषकी आमाले छोराबुहारीविरुद्ध गाली बेइज्जतीको मुद्दा हालिन्
  • २४ श्रावण २०८२, शुक्रबार १०:२२

काठमाडौं– चर्चित टिकटकर आयुषसिंह ठकुरीकी आमा नानुसिंहले आफ्नै छोराबुहारीविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जतीको मुद्दा दायर गरेकी छन् ।

mulpatra

अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले मुद्दा दायर भएको जानकारी अनलाइनखबरलाई दिए । असार ३० गते आयुष र एलिजेले जिल्ला अदालतमा कानूनी विवाह गरेका थिए ।

उनीहरूले विवाह गर्नुको केही समयअघि गाली बेइज्जतीको मुद्दा अदालतमा दर्ता भएको सूचना अधिकारी श्रेष्ठले जनाए । ‘विवाहको केही समयअघि मुद्दा दायर भएको छ’ उनले भने ।

mulpatra mulpatra mulpatra

मुद्दामा नानुसिंहले छोरा आयुष र एलिजेलाई प्रतिवादी बनाएकी छन् । केही समयअघि नानुसिंह र उनका छोराबुहारीको विवाद चर्किएको थियो । उनीहरूको कन्ट्रोभर्सीले त्यतिबेला सामाजिक संजालमा चर्चा पाएको थियो । उनीहरूको पुरानै विवाद अदालतमा पुगेको हो ।