Close

Recent Posts

उद्योगमा कार्यरत श्रमिकले न्यूनतम ज्याला नपाउने गरेको समितिको आरोप

उद्योगमा कार्यरत श्रमिकले न्यूनतम ज्याला नपाउने गरेको समितिको आरोप
  • २४ श्रावण २०८२, शुक्रबार १७:३६

काठमाडौं– रुपन्देही, दाङ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) तथा नवलपरासी (बर्दघाट सुस्ता पश्चिमका जिल्लाहरूमा सञ्चालित अधिकांश उद्योगमा कार्यरत श्रमिकले न्यूनतम ज्याला नपाएको गुनासो गरेका छन् ।

mulpatra

समितिका सभापति अब्दुल खानको नेतृत्वमा सांसदहरूले २०८२ साल वैशाख ३ गतेदेखि ७ गतेसम्म रुपन्देही, दाङ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) तथा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा स्थलगत अनुगमन गरेका थिए । अनुगमनपछि प्रतिवेदन तयार पारेर शुक्रबार समितिमा पेस गरेको छ ।

उद्योगहरूमा कार्यरत श्रमिकहरूलाई लैंगिक विभेद रहित न्यूनतम ज्यालाको सुनिश्चितता, सामाजिक सुरक्षा योजनामा अनिवार्य आवद्धता एवं कार्यस्थलमा पेशागत सुरक्षा र स्वास्थ्यको मापदण्डहरूको पूर्ण कार्यान्वयन गराउनका लागि आवश्यक व्यवस्था गर्न नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिने’ संसदीय समितिको निर्णय छ

शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा प्रस्तुत उद्योगहरूको स्थलगत अध्ययन प्रतिवेदनमा यस्तो उल्लेख छ ।

समितिमा पेस भएको प्रतिवदेदनको सुझाव तथा निर्देशनखण्डमा अधिकांश उद्योगमा कार्यरत श्रमिकले न्यूनतम ज्याला नपाएको विषय समावेश छ ।