Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

उद्योगमा कार्यरत श्रमिकले न्यूनतम ज्याला नपाउने गरेको समितिको आरोप

उद्योगमा कार्यरत श्रमिकले न्यूनतम ज्याला नपाउने गरेको समितिको आरोप
  • २४ श्रावण २०८२, शुक्रबार १७:३६

काठमाडौं– रुपन्देही, दाङ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) तथा नवलपरासी (बर्दघाट सुस्ता पश्चिमका जिल्लाहरूमा सञ्चालित अधिकांश उद्योगमा कार्यरत श्रमिकले न्यूनतम ज्याला नपाएको गुनासो गरेका छन् ।

mulpatra

समितिका सभापति अब्दुल खानको नेतृत्वमा सांसदहरूले २०८२ साल वैशाख ३ गतेदेखि ७ गतेसम्म रुपन्देही, दाङ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) तथा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा स्थलगत अनुगमन गरेका थिए । अनुगमनपछि प्रतिवेदन तयार पारेर शुक्रबार समितिमा पेस गरेको छ ।

उद्योगहरूमा कार्यरत श्रमिकहरूलाई लैंगिक विभेद रहित न्यूनतम ज्यालाको सुनिश्चितता, सामाजिक सुरक्षा योजनामा अनिवार्य आवद्धता एवं कार्यस्थलमा पेशागत सुरक्षा र स्वास्थ्यको मापदण्डहरूको पूर्ण कार्यान्वयन गराउनका लागि आवश्यक व्यवस्था गर्न नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिने’ संसदीय समितिको निर्णय छ

mulpatra mulpatra mulpatra

शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा प्रस्तुत उद्योगहरूको स्थलगत अध्ययन प्रतिवेदनमा यस्तो उल्लेख छ ।

समितिमा पेस भएको प्रतिवदेदनको सुझाव तथा निर्देशनखण्डमा अधिकांश उद्योगमा कार्यरत श्रमिकले न्यूनतम ज्याला नपाएको विषय समावेश छ ।