कैलाली कारागारमा झडप हुँदा १ कैदीको मृत्य तीनको अवस्था चिन्ताजनक

काठमाडौं । कैलाली जिल्ला कारागारमा गएराति झडप हुँदा एकजना कैदीबन्दीको मृत्य भएको छ भने ४७ जना घाइते भएका छन् । मृत्यु हुनेमा धनगढी ४ का भरत चौधरी रहेका छन् ।
कैदीबन्दी विच राती झडप भएको थियो । झडपमा घाइते मध्ये ३ जनाको अवस्था चिन्ताजनक रहेको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।
झडपमा मृत्य भएका चौधरीलाई उपचारका क्रममा अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको अस्पतालमै मृत्यु भएको थियो । चौधरी लागुऔषध मुद्धामा जेल बसिरहेको पाइएको छ ।
कारागारमा कैदीबन्दीलाई ब्लक ए र ब्लक बी राखिएकोमा दुई ब्लकका कैदीबन्दी विच झडप भएको पाइएको छ । प्रहरीका अनुसार शुक्रबार राति ब्लक ‘ए’ र ब्लक ‘बी’ मा रहेका कैदीबन्दीबीच झडप भएको हो ।
सोही कारागारमा बिहीबार समेत कैदीबन्दी बीच झडप भएको थियो । राती झडप साम्य भएपनि पुन शुक्रबार बिहान देखि नै ढुंगा हानाहान भएको पं्रहरीले जनाएको छ ।