अन्तिम साउने सोमबारमा पशुपतिको दृश्य

अन्तिम साउने सोमबारमा पशुपतिको दृश्य
  • २७ श्रावण २०८२, सोमबार १०:३१

काठमाडौं – आज साउन महिनाको अन्तिम सोमबार । सोमबारे व्रत लिएर शिवको पूजा गर्दै आएकाहरूले विधिपूर्वक व्रत समापन गर्दैछन् ।

mulpatra

अन्तिम सोमबार भएकोले आज देशैभरका शिवालयहरूमा व्रतालुहरुको घुइँचो लागेको छ । काठमाडौंको पशुपति मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड छ । सोमबारको दिन भिडभाड हुने भएकोले दर्शनार्थीका लागि पशुपति क्षेत्रमा सुरक्षा, स्वयंसेवक परिचालन, स्वास्थ्य शिविर, खानेपानीलगायत व्यवस्था मिलाइएको छ ।

साउनको सोमबारलाई भगवान शिवको प्रिय बार मानिने भएकाले यस दिन श्रद्धालुहरु व्रत, पूजापाठ, दान लगायतका काम गर्दछन् । यसो गर्दा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास रहेको छ ।