Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

सुनसरी दुर्घटना: मृतकको संख्या ४ पुग्यो, २० घाइतेको उपचार हुँदै

सुनसरी दुर्घटना: मृतकको संख्या ४ पुग्यो, २० घाइतेको उपचार हुँदै
  • २७ श्रावण २०८२, सोमबार १३:३२

काठमाडौं– पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीमा बस र माइक्रो ठोक्किएर भएको दुर्घटना मृत्यु हुनेको संख्या चार पुगेको छ । २३ जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएका २७ जनामध्ये चार जनाको उपचारको क्रममा मृत्यु भएको हो । मृतक तीन जनाको पहिचान भएको छ ।

mulpatra

सुनसरीको भोक्राहा–नसिंह गाउँपालिका–३ जलुवा टोलमा झापाको काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे१ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको विङ्गर माइक्रो झमबार बिहान ठोक्किएको थियो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार दुर्घटनामा सप्तरी मधावे गाउँपालिका– ६ बस्ने अन्दाजी ३५ वर्षीय शंकर मण्डल र सुनसरीको कोशी गाउँपालिका– ६ का ७० वर्षीय लक्ष्मण सदाको मृत्यु भएको हो । अर्का मृतक विराटनगरका अशोक यादवको भएको खुलेको छ । मृतक महिलाको भने पहिचान खुलेको छैन ।

mulpatra mulpatra mulpatra

घाइतेको विवरण

१, मोरङ सुन्दरहरैँचा नगरपालिका– ९ का अम्बिका राई ।

२, खोटाङ रावावेसि गापा– २ बस्ने निरुता परियार ।

Image Source: © https://mulpatra.com

३ खोटाङ रावावेसि गापा– २ का ३८ वर्षीय निर्मल परियार ।

४,सप्तरी मन्धेव गापा– ६ बस्ने रबिन्द्र प्रसाद मण्डल ।

५,उदयपुर चौदण्डिगढी नगरपालिका– ५ का ५० वर्षीया रेनुका श्रेष्ठ ।

६ झापा शिबसताक्षी नगरपालिका– ५ का ३८ वर्षीय खगेन्द्र थापा

७,भद्रपुर नगरपालिका– ९ का ५३ वर्षीयको सन्तोष खत्री ।

८, उदयपुर बेलस्रोत नपा– १ का २० वर्षीय दिपक बिक ।

९, ईलाम चुलाचुली गापा– ३ का ३६ वर्षीय सविन राई ।

१० सप्तरीका रविन्द्र मेहता ।

११, सप्तरीका ६८ वर्षीय जिवछ महात्मा ।

१२, खोटाङ हलेसी तुवाचुङ नपा १० का ८४ वषीय नेत्रलाल गिरी ।

१३ नेत्रलाल गिरीको छोरा ३९ वर्षीय केदार गिरी

१४,झापा अर्जुनधारा नपा १ साजनटारका सत्य राई ।

१५, सप्तरी राजविराज– ६ का प्रकाशकुमार रायको छोरा १० वर्षीय रुद्र राय

१६, मोरङ विराटनगर– १० का ४८ वर्षीया सोभा यादव ।

१७, सप्तरी राजविराज– १२ का ४४ वषीृय प्रमोद रजक ।

१८, सप्तरीकै तिलाठी– ५ का २२ वर्षीय रवि राय ।

१९, सप्तरी राजविराज– २ का २४ वर्षीय भोला यादव

२०,सप्तरी राजबिराजका ३५ वर्षीय प्रदिप यादव ।

२१, सुनसरी कोशी गाउँपालिका–– ०६ श्रिपुर बस्ने ६० वर्षीय जोगिन्द्र दास

२२, सप्तरी डाक्नेश्वरी– ३ का ३० वर्षीया अमृता राय

२३, सप्तरी राजविराज– ४ का २१ वर्षीय सन्तोष बास्तोला ।