Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

कुलिङ पिरियड छेडखानी छानबिन प्रतिवेदन कार्यान्वयनमा सभामुखले थाले छलफल

कुलिङ पिरियड छेडखानी छानबिन प्रतिवेदन कार्यान्वयनमा सभामुखले थाले छलफल
  • २७ श्रावण २०८२, सोमबार १८:३३

काठमाडौं– सभामुख देवराज घिमिरेले संघीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा भएको त्रुटी सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनका विषयमा छुट्टा छुट्टै छलफल गरेका छन् ।

mulpatra

सोमबार सिंहदरवारस्थित कार्यकक्षमा सत्तारुढ दल नेकपा (एमाले)का मुख्य सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे तथा संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयसँग घिमिरेले छलफल गरेका हुन् ।

सभामुखले समितिको प्रतिवेदन कार्यान्वयन गरी राज्य व्यवस्था तथा सुशासन समितिको कामलाई गति दिनुपर्ने बताएका सभामुख घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए । उनका अनुसार कतिपय महत्त्वपूर्ण विधेयक समितिमा विचाराधिन रहेको बताउँदै सभामुखले दललाई साझा धारणा बनाउन आग्रह गरेको बताए ।

mulpatra mulpatra mulpatra

राज्य व्यवस्था समितिको कामलाई प्रभावकारी बनाउन नयाँ सचिवको रुपमा सहसचिव कान्छा दुलाललाई जिम्मेवारी दिएको बताउँदै समितिको काम अब धेरै समय रोक्न नसकिने सभामुख घिमिरेले छलफलमा बताएका छन् । नेताले प्रमुख दलको सुझावका आधारमा निर्णय गर्न सभामुखलाई सुझाव दिएका छन् ।

सभामुखले गएको शुक्रबार सचिवालयका कानून सहसचिव लक्ष्मीप्रसाद गौतम र कार्यव्यवस्था महाशाखा प्रमुख सहसचिव एकराम गिरीसँग विशेष समितिको प्रतिवेदन कार्यान्वयनका विषयमा परामर्श गरेका थिए । सभामुखले अलग–अलग सुझाव लिइसकेर मंगलबार बिहान ११ बजे प्रमुख सचेतकसँग छलफल गर्दै छन् ।