Close

Recent Posts

एकअर्काविरुद्ध आरोप नउत्रिने माधव र झलनाथबीच सहमति

एकअर्काविरुद्ध आरोप नउत्रिने माधव र झलनाथबीच सहमति
  • २८ श्रावण २०८२, मंगलवार १०:३६

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच एकअर्काविरुद्ध सार्वजनिक आक्षेप नलगाउने भद्र सहमति भएको छ ।

mulpatra

पूर्वप्रधानमन्त्रीहरु नेपाल र खनालले एकअर्कालाई पार्टी छोडेर जानसम्म भनेका थिए । नेता खनालले चार वर्षसम्म विद्रोह पुष्टि हुन नसकेको अन्तर्वार्ता दिएपछि नेपालले पार्टीबाट बिदा हुन सुझाव दिएका थिए । यसरी एकअर्काविरुद्ध आक्षेप लगाउने क्रम बढेर गएपछि नेताहरु बेदुराम भुसाल, प्रमेश हमाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भूसालले माधव र झलनाथलाई छलफलमा राखिरहेका छन् ।

केन्द्रीय कार्यालय आलोकनगरमा अरु नेताहरुसहित भएको छलफलमा एकअर्काविरुद्ध सार्वजनिक आरोप नलगाउन नेपाल र खनाल सहमत भएका हुन् । ‘पार्टीका नेताहरुले विधान र आचार संहिताभित्र रहेर बोल्नुपर्छ, त्यही कुरा भएको हो’ वरिष्ठ नेता वेदुराम भुसालले भने ।

नेपालले सार्वजनिक रुपमै पार्टी छोडेर एमालेको सेवा गर्न भनेपछि खनालले पनि चर्को अभिव्यक्ति दिएका थिए । अहिलेसम्म जबज भनिरहेका माधव नेपाललाई उपयुक्त पार्टी एमाले नै भएको प्रतिक्रिया दिएका थिए ।