Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

४६ जिल्लामा आकस्मिक बाढीको जोखिम, अलर्ट बस्ने महाशाखाको आग्रह

४६ जिल्लामा आकस्मिक बाढीको जोखिम, अलर्ट बस्ने महाशाखाको आग्रह
  • २८ श्रावण २०८२, मंगलवार १०:५९

काठमाडौं– जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज (साउन २७, मंगलबार) को सम्भावित बाढीबारे जानकारी दिँदै सतर्कताका लागि चेतावनी (अलर्ट) जारी गरेको छ ।

mulpatra

आज जिल्लाका दृष्टिले राजधानी जिल्ला काठमाडौँसहित ४६ जिल्लामा आकस्मिक बाढीको जोखिम देखिएको बाढी महाशाखाले जनाएको छ । आज इलाम, झापा, पाँचथर, तेह्रथुम, धनकुटा, सुनसरी, मोरङ, दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, चितवन, पर्सा, बारा, डोल्पा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना छ ।

यसैगरी आज ताप्लेजुङ, संखुवासभा, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, सिरहा, सप्तरी, रौतहट, सर्लाही, उदयपुर, सिन्धुली, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, रसुवा, लमजुङ, पर्वत, बागलुङ, म्याग्दी, प्युठान, बर्दिया, रुपन्देही, नवलपरासी–पश्चिम, डडेलधुरा, डोटी, बैतडी र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहेको बाढी महाशाखाले उल्लेख गरेको छ ।

mulpatra mulpatra mulpatra

उल्लिखित ४६ जिल्लालाई पहेँलो रङ अर्थात् एल्लो अलर्टमा राख्दै बाढी महाशाखाले बाढीको जोखिम देखिएका क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिएको छ ।

बाढी महाशाखाका अनुसार आज बिहान मापन गर्दा कोसी नदीको सहायक नदीको बहाब सतर्कता तह आसपास छ भने नारायणी, बागमती, कर्णाली, महाकाली, कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तहभन्दा तलै तर बढ्ने सम्भावना छ ।