Close

Recent Posts

इजरायलबाट विपिनकी आमाको आग्रह हमास छोरालाई तत्काल घर फिर्ता पठाइदेऊ । कृपया !

इजरायलबाट विपिनकी आमाको आग्रह हमास छोरालाई तत्काल घर फिर्ता पठाइदेऊ । कृपया !
  • २८ श्रावण २०८२, मंगलवार ११:०७

काठमाडौं– विपिन जोशी रिहाइका लागि सोमबार इजरायल पुगेकी कञ्चनपुरकी पद्मा जोशीले रुँदै आफ्ना छोरा छाडिनदिन हमासलाई आग्रह गरेकी छिन् विपिन २०८० असोज २० गतेदेखि सम्पर्कविहीन छन्। उनी हमासकै कब्जामा रहेको भनिए पनि जीवित छन् कि छैनन्, अहिलेसम्म पुष्टि हुन सकेको छैन । उनको खोजीका लागि पद्यमा इजरालय पुगेकी हुन् ।

mulpatra

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा हमला गर्ने क्रममा इजरायली नागरिकहरूसँगै उनलाई पनि लगेर गाजामा बन्धक बनायो । सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत टीकापुर कृषि क्याम्पस अध्ययनरत विपिन ‘लर्न एन्ड अर्न’ अर्थात् सिक्दै, कमाउँदै कार्यक्रममार्फत २०८० भदौ अन्तिम साता इजरायल गएका थिए ।

द टाइम्स अफ इजरायलका अनुसार त्यस क्रममा विपिनकी आमा पद्माले रुँदै भनिन्, ‘कृपया! मेरो छोरालाई बचाउनुहोस । हमास, (उसलाई) तत्काल घर फिर्ता पठाइदेऊ। कृपया! (उसलाई) घर फर्काइदेऊ हमास। कृपया! कृपया!’ आग्रह गरेको समाचारमा भनिएको छ ।

mulpatra mulpatra mulpatra

विपनकी बहिनी १७ वर्षीया पुष्पाले समर्थनका लागि इजरायली जनता र इजरायल ल्याइदिने सरकारी अधिकारीहरूलाई धन्यवाद दिइन् । उनीहरू त्यहाँको बेन गुरियन विमानस्थलबाट बाहिर निस्किनासाथ पत्रकारहरूले घेरेका थिए । यसैबीच आज ‘द अस्ट्रेलियन’ पत्रिकाले हमासले बन्धक बनाएका र जीवित रहेको विश्वास गरिएकाहरूको सूची प्रकाशन गरेको छ। तर त्यसमा विपिन जोशीको नाम÷तस्बिर छैन।