Close

Recent Posts

दमकमा सरकारी जग्गा हडपेको अभियोगमा प्रमुख नापी अधिकृतसहित ८ कर्मचारी भ्रष्टाचारी ठहर

दमकमा सरकारी जग्गा हडपेको अभियोगमा प्रमुख नापी अधिकृतसहित ८ कर्मचारी भ्रष्टाचारी ठहर
  • २९ श्रावण २०८२, बुधबार १७:२९

काठमाडौं–झापाको दमकमा सरकारी सार्वजनिक जग्गा स्ववासी भन्दै व्यक्तिका नाममा गरेको अभियोगमा विशेष अदालतले ८ जनालाई दोषी ठहर गरेको छ ।

mulpatra

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले बुधबार ८ जनालाई भ्रष्टाचारी ठहर गरी सजाय समेत सुनाएको छ।

नापी कार्यालय झापाका तत्कालीन प्रमुख नापी अधिकृत शशिकान्त झा, सर्वेक्षक सीताराम यादव, सर्वेक्षक विन्देश्वर पञ्जियार, नापी अधिकृत रामदेव मण्डल धानुक, सर्वेक्षक विष्णुदेव यादव, अमिन ललितकुमार मण्डल, नायब सुब्बा रुद्रप्रसाद श्रेष्ठ, सर्वेक्षक रामकुमार दास र सर्वेक्षक गणेश कुमार धिमालको प्रत्यक्ष संलग्नता देखिएको भन्दै विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो ।

उनीहरूले पर्ती खाली रहेको सरकारी सार्वजनिक जग्गा स्वावसी प्रक्रियाबाट विभिन्न व्यक्तिहरूको नाउँमा दर्ता गरे गराएको देखिएको अदालतको ठहर छ ।