Close

Recent Posts

मेरो संगठित सदस्यमै च्यासलले प्रश्न उठायो, एमाले हुँ, एमाले भइरहन्छु र साथीहरुले पनि एमाले नै भनिरहेका छन्: भण्डारी

मेरो संगठित सदस्यमै च्यासलले प्रश्न उठायो, एमाले हुँ, एमाले भइरहन्छु र साथीहरुले पनि एमाले नै भनिरहेका छन्: भण्डारी
  • ५ भाद्र २०८२, बिहीबार १६:२०

काठमाडौं– पूर्वराष्ट्रपति विद्या भण्डारीले आफू एमाले रहेको र एमाले भइरहने बताएकी छन् । काठमाडौँको बानेश्वरस्थित थापा गाउँमा आफ्नो सम्पर्क कार्यालय स्थापनाको क्रममा सम्बोधन गर्दै आफ्नो सदस्यताका विषयमा एमालेले प्रश्न उठाएको भन्दै आपत्ति जनाएकी हुन् ।

mulpatra

’तपाईं के गर्नुहुन्छ भनेर यहाँहरूलाई लागेको होला म निरन्तर काम गरिरहन्छु। आफ्नो त पार्टी संगठित सदस्यकै विषयमा प्रश्न उठाएको छ यो च्यासलले,’ उनले भनिन्, ’

उनले आफू एमाले नै भइरहने पनि बताइन् । त्यसकारणले म चाहिँ के भन्न चाहन्छु भने– एमाले अहिले, माले थियो पहिले माले कालदेखि नै सदस्य भएको हो। ०३७ सालमा सदस्यता लिएको रहेछु। ४५ वर्ष भएछ । राष्ट्रपतिको शपथ खाँने बेलामा ३५ वर्ष भएको थियो। पार्टीले निर्णय गरेर जानुपर्छ भन्यो गएँ । राष्ट्रपतिले गर्नुपर्ने काम गौरव गर्ने हिसाबले गरेको छु।’

उनले थपिन्, ’एमालेको सदस्य भएर काम गर्न चाहन्छु, गरिरहन्छु। पार्टी सिद्धान्तको मर्म र भावनाअनुसार काम भयो कि भएन समीक्षा गर्ने हो, बेला भएको छ ।’ उनले पार्टीले जिम्मेवारी दिए पनि नदिए पनि आफू सक्रिय भइरहने बताइन् ।