ओलीलाई चुनौती दिन विद्याले खोलेको त्यो ‘रातोघर’ कार्यालय

काठमाडौं– पूर्वराष्ट्रपति एवम् नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित थापागाउँमा आफ्नो सम्पर्क कायालय खोलेकी छन् । जसलाई अहिले रातो घर भनिएको छ ।
भण्डारीले एमाले नै भइरहने पनि बताइन् । एमालेको सदस्य भएर काम गर्न चाहन्छु, गरिरहन्छु। पार्टी सिद्धान्तको मर्म र भावनाअनुसार काम भयो कि भएन समीक्षा गर्ने हो, बेला भएको उनले जानकारी दिइन् । ‘एमाले अहिले, माले थियो पहिले माले कालदेखि नै सदस्य भएको हो।
भण्डारीले ०३७ सालमै पार्टी सदस्यता लिएकी थिइन् । “मालेकालदेखि नै सदस्य भएकी हुँ, अहिले सम्म ४५ वर्ष पुगिसकेको रहेछ,” उनले भनिन् । उनले राष्ट्रपतिको शपथ ग्रहण गर्दा पनि आफू पार्टी सदस्य भएर ३५ वर्ष बिताइसकेको स्मरण गरिन् ।
उनका अनुसार पार्टीले जिम्मेवारी दिएर राष्ट्रपतिको हैसियतमा गएको भए पनि त्यस अवधिमा आफूले पार्टीभन्दा माथि उठेर राष्ट्रिय जिम्मेवारीलाई नै प्राथमिकता दिएकी थिइन् । “राष्ट्रपतिले गर्नुपर्ने काम गौरवको हिसाबले पूरा गरेकी छु,” उनले स्पष्ट पारिन् ।
तपाईं के गर्नुहुन्छ भनेर यहाँहरूलाई लागेको होला म निरन्तर काम गरिरहन्छु । साथीहरू आफ्नो त पार्टी संगठित सदस्यकै विषयमा प्रश्न उठाएको छ यो च्यासलले भनेर आरोप समेत लगाइन ।
उनले एमाले अध्यक्ष केपी ओली लक्षित दलहरूले संविधान संशोधन गर्ने भनेर सहमति गरे पनि समस्याको समाधान गर्न छलफल हुन नसकेको भन्दै निर्वाचित भएका जनप्रतिनिधिहरूले आदर्श अनुसार काम गर्न नसकेको आरोप लगाइन् । माधव नेपाललाई लक्षित गर्दै कसैले आरोप लगाउँदैमा निलम्बन हुने कुरा लोकतान्त्रिक नहुने भण्डारीले बताइन् । ‘संसदका केही ठुला दलका नेताहरू निलम्बन यात्रा भोगिरहेका छन् । जनताले निर्वाचित गरेकाहरु प्रमाणित नभएसम्म दोषी हुँदैन तर पनि निलम्बन भइरहेको छ ।’ उनले भनिन ।
भण्डारीले अहिलेको अवस्थामा एमालेले सिद्धान्त र विचारको मूल मर्मअनुसार काम भइरहेको छ कि छैन भन्ने गम्भीर समीक्षा गर्नुपर्ने बताइन् । उनले पार्टी एकता, आन्तरिक अनुशासन र वैचारिक स्पष्टताको खाँचो औंल्याउँदै, “समीक्षा गर्ने बेला भएको छ” भन्दै संकेतपूर्ण टिप्पणी गरिन् ।
भण्डारीले सरकार लक्षित खुट्टाले टेकेर हिँड्नुपर्ने अर्थतन्त्र टाउको टेकिरहेको आरोप लगाइन् । आयातमा आधारित भन्सारमा चलेको र व्यापार घाटा भएको, वैदेशिक ऋण बढेको, राष्ट्रिय पूँजीको विकास हुन नसक्नु दुखद परिस्थिति भइरहेको उनको भनाइ छ ।
पार्टी अध्यक्ष ओलीले भण्डारीको राजनीतिक आगमनले उनमाथि पर्ने दबाबलाई बुझेर ‘मदन भण्डारी फाउण्डेशन पार्टीले स्थापना गरेको संस्था होइन, व्यक्तिगत पहलबाट आएको हो’ भनी अभिव्यक्ती दिएका थिए ।
त्यसपछि ओली भण्डारी बीच राजनीतिक तिक्तता झन बढेर आएको छ । ओलीको नेतृत्व शैली प्रति प्रश्न उठाउँदै आज उनले सिमित व्यक्तिको पदका लागि राजनीति गर्न नहुनेमा जोड दिईन् । नेतृत्वको अलोकत्रान्त्रिक चरित्र हावी भएकाले पार्टीहरूभित्र लोकतान्त्रिक प्रणाली निम्छरो भएको उनको आरोप छ ।
२०४८ सालमा मदन भण्डारीले चुनाव प्रचारका लागि प्रयोग गरेको ‘रातोघर’ लाई भण्डारीले सम्पर्क कार्यालयका रुपमा छानेकी हुन् । यस घरको कार्यालयबाट विद्या भण्डारीले एमाले अध्यक्ष केपी ओलीलाई चुनौती दिने एमालेकै नेताहरुको अनुमान छ । पूर्वराष्ट्रपति भण्डारीले बिहीबार आफ्नो सम्पर्क कार्यालय उद्घाटन गरेकी छन् ।
सोही घरको तेस्रो तलाको दुईवटा कोठा भण्डारीको लागि बनाइएको छ, जहाँबाट उनले राजनीतिक गतिविधी गर्नेछिन् । पार्टी राजनीतिमा पुनः सक्रिय भएको घोषणा गरेकी पूर्वराष्ट्रपति भण्डारीले नेकपा एमालेको संगठन र जनताको बहुदलीय जनवाद (जबज) को विस्तार गर्न भन्दै आफ्नै संरक्षकत्वमा बेग्लै संयन्त्रको अभ्यास सुरू गरेकी हुन् ।
‘मदन भण्डारी ७५औँ जन्मजयन्ती मूल व्यवस्थापन समिति’ को कार्यालयका नामबाट सञ्चालनमा ल्याइएको कार्यालय उद्घाटन समारोहमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेलगायतका नेताहरू सहभागी भए ।
यस्तै, नेताहरू सरिता न्यौपाने, बाबुराम गौतम, कृष्ण प्रसाद दाहाल, बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेल, काठमाडौं अध्यक्ष दिपक निरौला, पूर्वमन्त्री महेन्द्र पाण्डेलगायत नेताहरू पनि कार्यक्रममा पुगेका थिए ।
पोखरेलले एमालेका तत्कालीन महासचिव मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज)का विषयमा अनेक टिकाटिप्पणी भएको र यसले एमालेमा सकारात्मक सन्देश नदिएको आरोप लगाए । उनले सम्बोधनको क्रममा एमालेकी पूर्वउपाध्यक्ष भनेर सम्बोधन गरे । पोखरेलले जबज प्रतिकूलतासँग लडेर आएको विचार भएकोले सोहीअनुसार नै जानुपर्ने अवस्था अहिले पनि रहेको बताए । ‘ एमालेका अध्यक्ष केपी शर्मा ओलीको सामिप्यतामै मदन भण्डारी फाउन्डेसन झाँगिँदै आएको हो । जुन बेला विचारको प्रखरताको झन्डा बोकेको त्यसबेलादेखि नै झाँगिँदै आयो । उहाँको सामिप्यता पाएर यो अवस्थामा आयो ।’ उनले भने ।
सम्पर्क कार्यलय स्थापनाका विषयमा त्यहाँ उपस्थित एमाले नेता तथा पुर्व सांसद कुष्ण प्रसाद दाहाल पार्टी एकढिक्का भएर अघि बढ्ने छ भन्दै अगाडी भन्छन ‘विद्या भण्डारीज्यूले सम्पर्क कार्यालय खोलेर पुनः पार्टीसँग प्रत्यक्ष सम्पर्कमा आउनुभएको छ, यो एमालेका लागि निकै सकारात्मक सन्देश हो। उहाँले पार्टीप्रति जीवनभर योगदान गर्नुभएको छ, राष्ट्रपतिको हैसियतमा जिम्मेवारी पूरा गरेपछि पनि आज फेरि पार्टीकै पक्षमा उभिनु भएको छ। यसले कार्यकर्तामा नयाँ उत्साह जगाएको छ। हामी सबै मिलेर पार्टीलाई अझ बलियो बनाउनुपर्छ र यसले पार्टीलाई अझ एकढिक्का बनाउँछ भन्ने उहाँको भनाइको हामी समर्थन गर्छौं।’
पुर्व राष्ट्रपति, पुर्व एमाले उपाध्यक्ष भण्डारीको सम्पर्क कार्यालय स्थापनालाई एमालेभित्र आगामी दिनमा देखिने आन्तरिक समीकरणसँग जोडेर हेरिएको छ । हाल अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको एमालेमा नयाँ पुस्ता र पुराना नेताबीच शक्ति सन्तुलनका बहस भइरहेका बेला पूर्वराष्ट्रपतिको सक्रिय उपस्थिति अर्थपुर्ण रुपमा हेरिएको छ ।