Close

Recent Posts

वामदेव गौतमले पाए एकिकृत समाजवादीमा तेश्रो वरियता

वामदेव गौतमले पाए एकिकृत समाजवादीमा तेश्रो वरियता
  • ३१ श्रावण २०८२, शुक्रबार १४:०१

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) ले वामदेव गौतमलाई पार्टीको तेस्रो वरीयता दिने भएको छ । आज बसेको पार्टी सचिवालय बैठकले गौतमलाई तेश्रो बरियताको जिम्मेवारी दिने निर्णय गरेको हो ।

mulpatra

पार्टी अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनाल पछि वामदेव गौतम समाजवादीका नेता बनेका छन् ।

वामदेव गौतमको राष्ट्रिय एकता अभियान एकीकृत समाजवादीमा बिलय भएको थियो । उक्त अभियानबाट आएका अन्य नेताहरुलाई समेत पार्टीले विभिन्न जिम्मेवारी दिएको छ ।

जसअनुसार डिबी कार्की, वामदेव पत्नी तुलसी थापा र लोकनाथ धमलालाई पोलिटब्युरो सदस्य बनाइएको छ।
त्यस्तै भगवती विष्ट, दुर्गादत्त भण्डारी, राधेश्याम गुप्ता, इमानसिंह भण्डारी, रविन्द्र बम, तोफा यादव, विद्याप्रसाद शर्मा, रामप्रसाद अधिकारी, मोहम्दशेर बागवान केन्द्रीय सदस्य बनेका छन्।