Close

Recent Posts

आज कृष्ण जन्माष्टमी देशभरका मन्दिरहरूमा श्रद्धालुको घुइँचो

आज कृष्ण जन्माष्टमी देशभरका मन्दिरहरूमा श्रद्धालुको घुइँचो
  • ३२ श्रावण २०८२, शनिबार ११:३९

काठमाडौं । आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा देशभरका कृष्ण मन्दिरहरूमा श्रद्धालुहरूको भीड लागेको छ। विशेषगरी काठमाडौंको प्रसिद्ध श्रीकृष्ण मन्दिर, पाटनको कृष्ण मन्दिर, गोठाटार स्थित कृष्णप्रणामी मन्दिर, भक्तपुरको तौलाछें, र भक्तपुर दरबार स्क्वायरस्थित मन्दिरमा भक्तजनहरूको उल्लेख्य उपस्थिति देखिएको छ।

mulpatra

श्रीकृष्णको जन्म द्वापर युगमा भाद्र कृष्ण अष्टमीको रातमा भएको धार्मिक विश्वास छ। अत्याचारी कंसको अत्याचार अन्त्य गर्न भगवान विष्णुले श्रीकृष्णको रूपमा मथुरा नगरमा देवकीको गर्भबाट जन्म लिएका थिए। त्यसैले यो दिनलाई श्रीकृष्ण जन्माष्टमीको रूपमा विशेष पूजा–आराधना गर्दै मनाइन्छ।

विहानैदेखि नै व्रतालुहरू व्रत बसेर, पूजा सामग्रीसहित मन्दिरहरूमा पुगेका छन्। कतिपय स्थानहरूमा भक्तजनहरूले भजन–कीर्तन, कृष्ण लीलाको झाँकी प्रदर्शन र धार्मिक प्रवचनमार्फत भगवान श्रीकृष्णको जन्मोत्सव उल्लासपूर्वक मनाइरहेका छन्।

कृष्ण जन्माष्टमीको अवसरमा विभिन्न धार्मिक संघ–संस्थाहरूले बालकृष्णको झाँकी, नाटक प्रदर्शन, भजन प्रतियोगिता, र निशुल्क प्रसाद वितरण जस्ता कार्यक्रम आयोजना गरेका छन्। केही स्थानहरूमा आज राति १२ बजे श्रीकृष्ण जन्मको प्रतीकस्वरूप विशेष पूजा गरिनेछ।