प्याब्सन बागमती प्रदेश स्तरीय वक्तृत्वकला कार्यक्रम भव्य रुपमा सम्पन्न

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) बागमती प्रदेशको आयोजनामा प्याब्सन बागमती प्रदेश स्तरीय वक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ । प्याब्सन नुवाकोटको व्यवस्थापनमा भएको अन्तर जिल्ला वक्तृत्वकला तथा ओरेटोरी प्रतियोगिता–२०८२ नुवाकोटमा सम्पन्न भएको छ।
नेपाली र अंग्रेजी दुबै माध्यममा भएको प्रतियोगितामा नेपाली माध्यमबाट प्रथम आदर्श विद्याश्रम, चितवनकी खुसी बर्तौला भएकी छिन भने अंग्रेजी माध्यमबाट शिक्षालय नेपाल, काठमाडौं स्कुलकी आभनी खनाल भएकी छिन् ।
‘डिजिटल युगमा युवा पुस्तामा संभावना र चुनौती’ भन्ने मूल विषयमा आधारित उक्त प्रतियोगिता २०८२ साल साउन ३० गते (शुक्रवार) नुवाकोट जिल्लाको विदुर नगरपालिका–४ स्थित रानी मौरी व्याङ्केटमा सम्पन्न भएको आयोजक संस्था प्याप्सन प्रदेश कमिटिका सदस्य प्रज्वल कोइरालाले जानकारी दिएका छन् ।
कार्यक्रमको सभापतित्व प्याब्सन बागमती प्रदेशका अध्यक्ष श्री मुरारी प्रकाश संजेलले गर्नुभएको थियो भने प्रमुख आतिथ्य जिल्ला समन्वय समितिका प्रमुख श्री रजिन्द्र विक्रम सिंह ठकुरीले गर्नुभएको थियो। सो अवसरमा विदुर नगरपालिकाकी उपप्रमुख श्रीमती प्रभा बोगटी, प्याब्सन केन्द्रीय उपाध्यक्ष श्री थकिन्द्र कुमार गुरुङ, साथै वरिष्ठ व्यक्तित्वहरु ऋषिराम नेपाल, प्रल्लाद खनाल, कर्मा वाङ्गेल लामा, पुरुषोत्तम अधिकारी लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो।
प्याब्सन बागमती प्रदेशका अध्यक्ष मुरारी प्रकाश संजेलले यस्तो प्रतियोगिताले शिक्षा क्षेत्रलाई अझ सशक्त बनाउने र विद्यार्थीलाई समाजपरिवर्तनको सक्रिय शक्ति बनाउन प्रेरणा दिने विश्वास व्यक्त गरे। त्यसैगरि कार्यक्रमले विद्यार्थीहरुमा वाक–कला, विचार प्रस्तुत गर्ने क्षमता, आत्मविश्वास र नेतृत्व विकासमा ठूलो योगदान पुर्याएको प्रमुख अतिथिले बताए। विशेषगरी डिजिटल युगले युवा पुस्तामा ल्याएका अवसर र चुनौतीबारे विवेचना गर्ने अवसर विद्यार्थीहरुलाई प्राप्त भएको हुँदा यस्ता कार्यक्रमहरु आयोजना हुनु विद्यार्थीको चौतर्फी विकासमा सहयोग पुर्याउने कुरामा अतिथिहरु जोड दिए ।
प्रतियोगितामा बागमती प्रदेशअन्तर्गत १३ जिल्लाबाट ५६ जना विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रमलाई कार्यसमिति सचिव जीवन राज पन्थीले कुशलतापूर्वक सञ्चालन गर्नुभएको थियो भने संयोजक जितबहादुर बस्नेत सहित सम्पूर्ण कार्यसमितिको सक्रिय भूमिका रहेको थियो।
अनुसार उक्त प्रतिस्पर्धामा नेपाली माध्यमबाट ब्लुवर्ड एकेडेमी, ललितपुरकी प्रियकां अस्थाना मगर द्धितिय, आइरिस एकेडेमी , चितवनका रशिम खरेल तृतिय भएका थिए भने युनिका थापा–प्रगति इङ्लिस सेकेण्डरी स्कूल, सिन्धुपालचोक, इशाना सिटौला–मेरीगोण्ड सेकेण्डरी स्कूल , भक्तपुर, सुमिना रिमाल–अर्किड एकेडेमी, नुवाकोट, आरोही प्याकुरेल–पृथ्वी सेकेण्डरी स्कूल, काठमाडौ, निकिशा थापा–गोकणेश्वर लाइट एकेडेमी, काठमाडौ सात्वना पुरस्कार जित्न सफल भएका थिए ।
त्यसैगरि प्रतिस्पर्धामा अंग्रेजी माध्यमबाट सक्सेस एकेडेमी, धादिङकी सुचना अधिकारी द्धितीय र प्रेमियर इन्टरनेसनल आइ. बि.कन्टिनम स्कुल, ललितपुरका आगमन गौतम तृतिय स्थान ओगट्न सफल भएका थिए । त्यसैगरि राशी श्रेष्ठ–ब्लु बर्ड एकेडेमी, ललितपुर, सुभेक्षा तामाङ–नेपाल मोडेल स्कुल , काठमाडौँ, सपना तिमल्सिना– अर्किड एकेडेमी, नुवाकोट, दिपिका निरौला–गेटवे एकेडेमी, काठमाडौँ, रिदम रिमाल–नेसनल बेथेल स्कुल, नुवाकोटले सान्त्वना पुरस्कार जित्न सफल भएका थिए ।