Close

Recent Posts

भारतीय विदेश सचिव मिस्रीले प्रधानमन्त्रीसँग भेट्दा उपरखुट्टी लगाएर छलफल गरे, प्रचण्ड र देउवासँग सामान्य

भारतीय विदेश सचिव मिस्रीले प्रधानमन्त्रीसँग भेट्दा उपरखुट्टी लगाएर छलफल गरे, प्रचण्ड र देउवासँग सामान्य
  • १ भाद्र २०८२, आईतवार १८:१९

काठमाडौं– आइतबार भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्री नपाल आएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको भदौ ३१ मा प्रश्तावित भारत भ्रमणको तयारी छलफलका लागि मिस्री नेपाल आएको बताइएको छ ।

mulpatra

नेपालको दुईदिने भ्रमणमा आएका मिस्रीले सत्तापक्ष र विपक्षी दलका नेताहरूको भेटघाट तीव्र बनाएका हुन् । उनले राष्ट्रपति, प्रधानमन्त्री र शीर्ष दलका प्रमुख नेताहरूसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको तस्वीरमा नेपालका प्रधानमन्त्री ओलीका अगाडि भारतीय विदेश सचिव मिस्रीले उपरखुट्टी लगाएर बसेका छन् ।

भने उनका अगाडी प्रधानमन्त्रीले भने कुटनीटिक मयार्दा भित्र बसेका छन् । मिस्रीले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमै गएर ओलीसँग भेट गरेका हुन् । तर विदेश सचिवले भने उपरखुट्टी लगाएर बसेका छन् । मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटका क्रममा गरेको आसनको अवस्थालाई लिएर धेरैले चर्चा भइरहेको छ ।

तिनै मिस्रीले सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बूढानीलकण्ठस्थित निवासमा भेट दिँदा सार्वजनिक भएको तस्वीरमा भने फरक आसन देख्न सकिन्छ । उनले त्यहाँ उपरखुट्टी लगाएका छैनन् । र, त्यस्तै, प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डसँग खुमलटारस्थित निवासमा भेटका क्रममा सार्वजनिक भएको तस्वीरमा पनि मिस्रीको आसन प्रधानमन्त्री निवासमा जस्तो देखिँदैन ।

आसनलाई कूटनीतिक वृत्तमा अहिले निकै चर्चा गरिएको छ । कतिपयले यसलाई आफूअघि बसेको व्यक्तिलाई हेपिएको रूपमा बुझेर सोहीअनुरुप सार्वजनिक धारणा दिएका छन् भने कतिपयले सामान्य व्यवहारको रूपमा लिनुपर्ने तर्क गरेका छन् ।